खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अड्कियो निजामती विधेयक


 संवाददाता   January 8, 2020   217 जनाले पढ़िसके




संघीय निजामती विधेयक संसदीय समितिमा अड्किएको छ। लामो समयदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको यो विधेयकमाथि गत सोमबार छलफल भएको थियो। विधेयतका केही प्रावधानमा सहमति नहुँदा विधेयक पारित भएन।
छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले अध्ययनका लागि भन्दै समितिसँग समय माग गरे। समितिले उनलाई शुक्रबारसम्मको समय दिएको थियो । विधेयक समितिमै अड्किँदा प्रदेशमा कानुन बन्न सकेको छैन।
कानुन अभावमा स्थानीय र प्रदेश सरकारले कर्मचारी पदपूर्ति गर्न पाएका छैनन्। लालबाबु पण्डित मन्त्री छँदा देखि नै समितिले यो विधेयकमाथि छलफल अघि बढाएको थियो। विधेयकबारे मन्त्री त्रिपाठीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर परामर्श पनि गरिसकेका छन्।
प्रधानमन्त्री ओलीसँग मन्त्री त्रिपाठीले शुक्रबार यो विषयमा परामर्श गरेका हुन्। विधेयकमाथिको छलफलमा सांसदहरुले आफूले प्रतिनिधित्व गर्ने सामुदाय तथा भौगोलिक क्षेत्रका मानिसलाई प्रथामिकता दिनुपर्ने माग राखेका छन्।
प्रचलित कानुन अनुसार निजामती सेवामा ४५ प्रतिशत आरक्षण छ भने ५५ प्रतिशतमा खुल्ला प्रतिस्पर्धा गराइन्छ। तर, यो व्यवस्थालाई संशोधन गरी खुलामा ३० र आरक्षण ७० प्रतिशत बनाउनुपर्ने माग केही सांसदको छ ।
सत्तारुढ नेकपाका सांसद रेखा शर्मा, यशोदा सुवेदीलगायतले आरक्षण कोटा ७० प्रतिशत राख्नुपर्ने माग राखेका छन्।