खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विद्यार्थीलाई स्वेटर वितरण


 संवाददाता   January 8, 2020   296 जनाले पढ़िसके




मोरङको पथरी शनिश्चरे नगरपालिकाको ४ नम्वर वडा कार्यालयले आफ्नो वडाका ४ वटा सामुदायिक विद्यालयका साना कक्षाका विद्यार्थीलाई स्वेटर वितरण कार्यक्रम अघि सारेको छ ।
जस अन्गर्तत, जेहेन्दार तथा विपन्न बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रम अन्तर्गत आज स्थानीय सरस्वती आधारभूतमा ५० जना र सिद्धार्थमा ३० जना विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो ।
वडाध्यक्ष गोविन्दवहादुर भण्डारीको अगुवाईमा वडा समिति तथा कर्मचारीहरुले अंग्रेजीमाध्यममा पठनपाठन गर्ने नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीलाई स्वेटर वितरण गर्नुभएको हो ।
सोही कक्षासम्मका जनकल्याणमा ४० र भागिरथ माविमा ३० जना विद्यार्थीलाई पनि स्वेटर वितरण गरिने वडाध्यक्ष भण्डारीले जनाउनु भयो । वडाले सो शिर्षकमा ५० हजार वजेट विनियोजन गरेको छ ।