खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चुलाचुलीमा १७ साहित्यकारको प्रस्तुति


 संवाददाता   January 7, 2020   224 जनाले पढ़िसके




दक्षिणी इलामको चुलाचुलीमा सोमबार प्रदेश नम्वर १ का प्रतिनिधिमुलक १७ जना साहित्यकारको रचना प्रस्तुति भएको छ ।
चुलाचुली २ स्थित जनता माविको स्वर्ण महोत्सवका अवसरमा सर्जकहरु देवान किराती, मुनाराज शेर्मा, भूपेन्द्रराज तिम्सिना, टीका आत्रेय, रोहित पराई, अभागी थेगुवा, तीला लेकाली, विष्णु न्यौपानेले रचना वाचन गरे । साथै एकु घिमिरे, कृष्ण उदासी, राजकुमार सुब्बा अनिश्चित, विराट किराती, डिल्लीराम परदेशी, रीता पोखरेल, कमल मिश्र, मौसम साम्पाङ र दिनेश साम्पाङको पनि प्रस्तुति रहेको संयोजकहरु विवशवलिभद्र कोइराला र विन्दु दहाल मुकदर्शकले जनाए । कविता, गजल प्रस्तुत गरेका उनीहरुलाई कार्यक्रमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर देवी नेपालले सम्मानपत्रले सम्मानित गरेका छन् ।
सोही अवसरमा भएको अन्तरमावि स्तरीय एकल नृत्य प्रतियोगितामा जनता मावि वाह्गोठेकी मन्सु देवान, भानु माविकी जेनी वस्नेत र जनता माविकी सुशीला राई क्रमशः प्रथम, द्धितीय र तृतीय भई पुरस्कृत भएका छन् । १ साता मनाउने गरी विद्यालयले स्वर्ण महोत्सवमा विविध कार्यक्रम सञ्चालन गरिरहेको छ । ब्लाष्टखबर