खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



नगरमा खानेपानी योजना थप्न अन्तरक्रिया


 संवाददाता   January 7, 2020   229 जनाले पढ़िसके




 

मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा थप खानेपानी आयोजना सञ्चालन गर्नका लागि आज अन्तरक्रिया गरिएको छ ।
पथरी खानेपानी तथा सरसफाई समितिले पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय सामुदायिक वनका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा बोल्दै नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरवासीका लागि आवश्यक रहेको थप गर्न लागिएको खानेपानीको योजनाका लागि नगरले सहयोग पुर्याउने वताउनु भयो ।
अन्तरक्रियाले नगरका थप प्रत्येक ५ स्थानमा ४ लाख ५० हजार लिटर क्षमताका खानेपानीका ओभरहेड ट्यांकी निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरमार्फत मन्त्रालय र विभागमा योजना पेश गर्ने निर्णय गरेको छ ।
वडा नम्वर १ को शान्ति सामुदायिक वन, २ को चौतारी सामुदायिक वन, सुन्दर सामुदायिक वनको क्षेत्र, ४ को रामजानकी मन्दिर क्षेत्र, ६ को भातेगौंडा चोक उत्तरमा थप खानेपानी आयोजना निर्माणको निर्णय भएको छ ।
खानेपानी आयोजनाका लागि वडा नम्वर ६ मा बैशलोचन केवरत, मिठन केवरत र भूपाल श्रेष्ठले गरी ७ कठ्ठा जग्गा दान दिने उल्लेख छ ।
कार्यक्रम, समितिका कार्यवाहक अध्यक्ष वेदनिधि खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।