खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



एशियाकै लामो झौलुङ्गे बागलुङमा बन्दै


 संवाददाता   January 5, 2020   210 जनाले पढ़िसके




बागलुङमा एसियाकै लामो झोलुङ्गे पुलको निर्माण भइरहेको छ । बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका –१ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको हो । पुल निर्धा्रित समय भन्दा एक वर्ष अगाडि नै २०७६ फागुन भित्रै सम्पन्न हुने भएको छ ।
सात करोड ९७ लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको पुलको ९२ प्रतिशत काम सम्पन्न भएकाले निर्माण सक्नुपर्ने अवघि भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुन लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिकले जानकारी दिएका छन् ।
नेपालमा ३६० मिटर भन्दा माथिका पुल निर्माण नभएको र प्रविधि समेत नभएकाले लामो समय रोकिएको पुल नयाँ प्रविधि भित्रिएपछि निर्माण सुरु गरिएको थियो । सरकारले चीनबाट लठ्ठा तान्न प्रयोग गर्ने आधुनिक मेसिन खरिद गरेपछि पुल निर्माणमा सहजता भएको बागलुङ नगरपालिकाले जनाएको छ ।
५६७ मिटर लामो र १६० मिटर अग्लो उक्त पुल एसियाकै लामो पुल रहेको दावी गरिएको छ ।