खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लेटाङको भुवा चिसाङ समितिको अध्यक्षमा भवानी आचार्य चयन


 संवाददाता   January 5, 2020   273 जनाले पढ़िसके




लेटाङको भुवा चिसाङ जनता विकास पैनीको १६ औं साधरणसभा एवम् अधिवेशनले ४ वर्षे कार्यकालको लागि पुनः भवानी आचार्यलाई सर्बसम्मत चयन गरेको छ
अध्यक्ष आचार्यको कार्य क्षमता र उनले गरेका कार्यको उच्च मुल्यांकन गर्दै पुनः आचार्यलाई नै चयन गरिएको समितिका पदाधिकारीहरुको भनाई छ । बि.सं. २०३३ सालमा स्थापना भएको नहरले लेटाङ नगरपालिकाको वडा नम्बर ५ र ६ का ८० प्रतिशत सिचाई सुबिधा पुर्याउँदै आएको छ ।
अध्यक्षमा पुन निर्वा्चित भएपछि आर्चायले आगामी ४ वर्षे कार्यकालमा कृषिमा नविनतम् परिवर्तन, वैज्ञानिक खेती प्रणालीमा जोड र रसायन मुक्त कृषि उत्पादनमा जोड दिने बताए । साथै उनले आफ्नो कार्यकालमा मझुवाको ५० हेक्टर सहित ७०० हेक्टर जमिनमा सिचाई सुविधा पुर्याउन भावियोजना समेत अघि सार्ने बताए ।
साधरणसभा एवम् अधिवेशनबाट उपाध्यक्षमा हरि सुवेदी, सचिवमा राजु तामाङ, सह सचिवमा चन्द्र गौतम,कोषाध्यक्षमा दुर्गा श्रेष्ठ गरी १० जना सदस्य, लेखा समिती संयोजकमा पदम बहादुर श्रेष्ठ र सल्लाकार समीति संयोजकमा हरी प्रसाद धिमाल निर्वा्चित भएका छन् ।