खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



शैक्षिक प्रमाणपत्र छानबिन हुन थालेपछि एसपीले दिए राजीनामा


 संवाददाता   January 5, 2020   212 जनाले पढ़िसके




शैक्षिक योगयताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका प्रमुख एसपी राजेन्द्र गुरुङले राजीनामा दिएका छन् ।
घरायसी कारण देखाउँदै तीन दनिअघि उनले पदबाट राजीनामा दिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले गुरुङले राजीनामा दिएको पुष्टि गरे ।
प्रहरी स्रोतका अनुसार गुरुङले प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पास गरी सईबाट नेपाल प्रहरीको संगीत विद्यालयमा सेवा सुरु गरेका थिए ।