खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तिन दशक देखि बेसारसँग चामल साट्दै चियाबारीका कृषक


 संवाददाता   January 5, 2020   522 जनाले पढ़िसके




सुगम जिल्ला सुनसरीको दुर्गम गाउँ बराहक्षेत्र नगरपालिका वार्ड नंं. १ मा पर्ने चियाबारी गाउँका स्थानीयहरु तिन दशकदेखि बेसारसँग चामल साट्दै आएका छन् । चियाबारी गाउँ भौगोलिक विकटताले गर्दा पछि परेको छ । धरानबाट एक घण्टाको यात्रा र चतराबाट एक घण्टाको गाडीको यात्रापछि पुगिन्छ चियावारी ।
यस क्षेत्र डाडाकाडा भएकाले धान, मकै लगायतका अन्नहरु उत्पादन अत्यन्तै कम हुने गरेको छ । यस क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयहरु पच्चिसौ वर्षदेखि बेसार खेति गर्दै आएका छन् । स्थानीयहरु बेसार, अम्लिसो, अदुवाखेति गरेर जिविको चलाउँदै आएका छन् ।
चियावारी वासीहरु भन्छन् ‘सुनसरीलाई सबैले सुगम जिल्ला भन्छन् तर, हाम्रो पिडा हामिलाई मात्र थाहा छ ।’ चियावारीका कृषकहरुले रोपेको आठ महिनामा उत्पादन दिने खेतिबाट जिविको चलाईरहेका छन् । हामीले चैत्र, बैशाखमा रोपेको बेसार पुस, माघमा खन्न तयार हुन्छ । त्यही बेसार बेचेर चामल किन्ने गरेको स्थानीय तपेन्द्र राईले बताए ।
पानीको राम्रो व्यवस्था नहुँदा स्थानीयहरुले मौसमी र बेमौसमी जातका तरकारी खेति गर्न पछि परिरहेको छन् । स्थानीय अगुवा कृषक तपेन्द्र राई भन्छन् ‘पानिको व्यवस्था नहँुदा तरकारी खेति गर्न गह्रो भएको छ । यहाँको प्रमुख बाली भनेकै बेसार खेति हो । बेसार फले घर चलाउन सजिलो हुने, बेसार कम फले घर चलाउनै समस्या पर्छ ।’ तपेन्द्रले यस वर्ष १ विघाह १० कठ्ठा क्षेत्रफमा लगाएको बेसार, अम्लिसो, अदुवा खेतिबाट १ लाख रुपैयाँको बिक्रि गरेका छन् । चियावारीका स्थानीयहरु पहिला मकै, कोदो रोपेर जिविको चलाउदै आएका थिए, पछि अदुवा, बेसार लगाउन थालेपछि दैनिकी गुजारा सहज भएको विकासले बताए ।
एउटै बारीमा एउटै खेति गरिरहदा कम फल्दो रहेछ । बेसारसँगै मकै लगाएर घुसुवा वालि लगाउँदै आएको कृषक दिपक राईले बताए । उनले भने, ‘बेसार खन्ने बित्तिकै बिक्रि हुँदैन । त्यसलाई उसिनेर सुकाएर धुलो बनाए पछि मात्रै बिक्रिको लागी तयारी हुन्छ ।’
हुडेप सुनसरीको आयोजनामा युएनडिपिको सहयोगमा सञ्चालित वेसार खेति, अम्लिसो खेति र भुक्षय नियन्त्रण गर्न स्थानीयहरुलाई तालिम दिएपछि थप खेति गर्ने प्रविधिहरुको जानकारीले सहयोग पु¥याएको कृषक दिपक राईले बताए । थोरै मात्र कृषकले उन्नत तरिकाबाट खेति गर्दै आएका थिए । गाउँमै आएर कृषकलाई प्रयोगात्मक रुपमै सिकाएपछि कृषकहरु उन्नत तरिकाले खेति गर्न थलेका छन् ।
बेसार खेति सँगै अम्लिसो खेति तालिम दिएपछि किसानहरु व्यवसायिक अम्लिसो खेति गर्न थालेका हुन् । किसानहरुले बारीको कान्लामा अम्लिसो रोपेर राम्रो आम्दानी लिदै आएका छन् । किसानहरुले उत्पादन गरेको बेसार, अम्लिसो, तरकारीहरु धरान, चतरा लगेर बिक्रि गर्दै आएका छन् । किसानहरुले उत्पादन गरेका सबै बस्तुहरु रसायिनिक मल र विषादी रहित खेति गर्दै आएको कृषक अर्जुन राईले बताए । न्युजलय