खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विराटनगरमा १० रुपैयाँमा भरपेट खाना ः अभियानमा दिपाश्रीले गरिन् सहयोग


 संवाददाता   January 4, 2020   276 जनाले पढ़िसके




विराटनगर ३ का समाजसेवी दिलिप धाडेवाले सुरु गरेको १० रुपैयाँको खाना यति बेला चर्चामा छ । उनको यो चर्चा विराटनगरमा मात्र छैन देश भरी नै छ ।
जव की बजारमा एक कप चियाको मुल्य १५ रुपैयाँ पर्छ भने १० रुपैयाँमै पेटभरी खाना खान पाउनु आश्चर्यकै कुरा हो । विराटनगरबाट शुरु भएको यो अभियान अहिले अन्य ठाँउका मानिसहरुसम्म पनि यो अभियान पुगिसकेको छ । दमकमा ५ रुपैयाँ मै खाना खाने व्यावस्था मिलाईएको छ भने यता ईटहरीमा पनि १५ रुपैयाँमा खाना खाने व्यावस्था गरिएको छ ।
यता विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले समेत १० रुपैयाको खानाको अनुभव गरिसकेकाका छन् । विराटनगरको लागी महान कार्य रहेको भन्दै मेयर पराजुलीले १० रुपैयाँको खाना कार्यक्रमलाई आगामी बजेटमा बिनियोजन गर्ने समेत दाबी गरे ।
दुई साता आगाडीदेखी थालिएको यो अभियानले दिलिप धाडेवा विभिन्न सञ्चार माध्यमदेखी सामाजिक संजालमा समेत छाईरहेका छन् । थौरै पैसामा सबै वर्गका मानिसले पेटभरी खाना पाउन् भन्ने उदेश्यले थालनि गरेको यो अभियानको प्रशंसा गर्दै कलाकार तथा फिल्मी निर्माता दिपाश्री निरौलाले समेत सहयोग गरेकी छिन् । आफू पनि विराटनगरवासी भए कै कारण विराटनगरमा भईरहेको नौलो कार्यलाई सहयोग गर्दै एक दिनको खाना बराबर लाग्ने रकम उपलब्ध गराईन् ।
शुक्रबार विराटनगरको जैन भवनबाहिर राखिएको खानाको स्टल अगाडी बा १६ च ३६७९ नम्बरको कारमा आएकी दिपाश्रीले सुरुमा अभियान थालनी गरेका दिलिप धाडेवासँग केहीबेर भलाकुसारी गरिन् ।
विहानै देखि १० रुपैयाँको खाना खान बसेका व्यक्तिहरुलाई नमस्कार गर्दै आफैले पस्केर खाना दिईन् । त्यही खाने व्यक्तिहरुले १० रुपैयाँ तिर्दै खाँदै थिए भने कोही २० रुपैयामा प्याकिङ गरेर लैजादै गरेको दृष्य देखिन्थ्यो ।
१० रुपैयामा खाना खान पुगेका व्यक्तिहरु खुशी हुदै खाना खाईरहेका पनि देखिन्थे । दिपाश्रीले अरुलाई मात्र खाना खुवाईनन् स्वयम आफूले पनि १० रुपैया तिरेर खाना खाईन् । उनले १० रुपयाँको खाना एकदमै मिठो लागेको प्रतिक्रिया पनि दिईन् ।
उनले एक दिनको खाना बराबर ११ हजार रुपैया आर्थिक सहयोग गरिन् । उनलाई सहयोग गर्न उनका बुबा, दिदि र साथीहरु समेत आएका थिए । विराटनगरमा थालिएको यो अभियानलाई सबैले मिलेर सहयोग गर्नुपर्ने बनाईन् ।
आफ्नै गृहनगर विराटनगरमा थालिएको नौलो अभियानलाई साथ दिन विराटनगर आएको उनले बताईन् । ‘यो अभियान निरन्तर चलिरह्यो भनेर कोही पनि भोको बस्न पर्दैन यो एउटा मानवताको सहयोग हो । यसलाई सबैले सम्मान गर्नुपर्छ दिपाश्रीले भनिन्, काठमान्डौमा सर्घष गरिरहदाँ १० रुपैया नभएर धेरै छाक खान नपाएको अबस्था आउनु हुँदैन ।’
करिव ३ दशक भन्दा बढी राजनिती क्षेत्रमा लागेका धाडेवाले यहाँसम्मको चर्चा अहिलेसम्म कमाएनन् । हिजोसम्म सिमित व्यक्तिले मात्र चिन्दै आएका धाडेवालाई अहिले सामाजिक संजालले पनि उनलाई चर्चाको शिखरमा पुर्याईरहेको छ । उनले थालेको यो अभियानको काठमाडौ, ईटहरी लगायतका युटुव च्यानलहरु समेत विराटनगरमा आईरहेका छन् ।
एक कप चियाको १५ रुपैया, सामान्य नस्ता खान परो भने ५० रुपैया लाग्ने समयमा १० रुपैयामा त्यो पनि वासमती चामलको भात अनि राजमाको तरकारी दैनिक संयौ मानिसलाई खुवाउनु सामान्य कुरा हैन ।आवरबिराटनगर