खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



अनेरास्ववियूको भागबन्डा टुंगियो, को–को बने केन्द्रीय सदस्य


 संवाददाता   January 4, 2020   297 जनाले पढ़िसके




सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन । ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए ।
शुक्रबार बसेको बैठकले लामो अन्यौलता अन्त्य गर्दै ३३५ सदस्यीय केन्द्रीय विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए
त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।