खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सिद्धबावा प्रकरण ः जिल्लाको आदेश विरुद्ध उच्च अदालतमा निवेदनशुक्रबार इजालशमा पेशी चढ्ने


 संवाददाता   January 3, 2020   291 जनाले पढ़िसके




जिल्ला अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छोड्न दिएको आदेश विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको छ ।
जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडी बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा १७ नम्बर बमोजिम बिहीबार निवेदन दर्ता गराएको हो ।
पुस १४ गते थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीका न्यायधीश राधाकृष्ण उप्रेतीको इजालशले गिरीलाई ३ लाख रुपैयाँ धरौटिमा छाड्न आदेश दिएका थिए । पीडितको किटानी जाहेरीका साथै आरोपीलाई स्थापित गर्ने प्रमाणहरु हुँदासमेत इजलाशले धरौटिमा छोडन दिएको थियो ।
सुनसरी अदालतले गरेको आदेश विरुद्ध उच्च अदालत विराटनगरमा अदालती बन्दोवस्तीको १७ नम्बर महल बमोजिम निवेदन दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र बावु थपलियाले जानकारी दिए ।
निवेदन दर्ता भएकोले शुक्रबार अदालतको इजालशमा पेशी चढने बताइएको छ । पेशी चढेपछि न्यायधीशले सुनसरी अदालतको इजालशले गरेको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिनेछन् । सुनसरी अदालतले कैफियत प्रतिवेदन पेश गरेपछि मुद्दाको सुनवाइ हुने अदालतले जनाएको छ ।
गत ४ कात्तिकमा महिला अनुयायीमाथि कृष्णदासले करणी गरेको आरोप लागेको थियो । बलात्कारको आरोप लागेपछि विराटनगरको मुनालपथस्थित विराटनर्सिङ होममा क्याबिनमा उपचारका लागि १२ मंसिर दिउँसो भर्ना भएका थिए । कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए ।
कृष्णदासलाई १६ मंसिर बिहान ५ बजे सुनसरी प्रहरीले पक्राउ गरेर पहिलो पटक अदालतबाट ४ दिनको म्याद थप गरिएको थियो । त्यसपछि २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचौ पटक ३ दिनको अदालतमा मुद्दा पेस भएको थियो ।