खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



बलुवाटार जग्गा काण्डमा पक्राउ परेका कर्मचारी धरौटीमा छुटे, गगन फरार


 संवाददाता   January 3, 2020   410 जनाले पढ़िसके




भद्रपुर र झापा दमक नगरपालिका–८ बालुवाटार स्थित करोडौँ मूल्यको सरकारी जमिन ब्यक्तिको नाममा पार्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका तीनजना कर्मचारीसहित पाँचजना आरोपित धरौटीमा छुटेका छन् ।
झापा जिल्ला अदालतले दिएको जानकारी अनुसार नापी अधिकृत स्टालिन भण्डारी, सर्भेक्षक विनोदकुमार मण्डल,मालपोत कार्यालयका सुब्बा कृष्णप्रसाद भट्टराइ,जग्गा धनी मोरङ पथरीका ओमप्रकाश पौडेल र सर्जिमन मुचुल्कामा सही गर्ने दमक ८ का बेदबहादुर पौडेल रहेका छन् ।
झापा जिल्ला अदालका न्यायाधिस सन्तोष प्रसाद पराजुलीको इजालासले वुधबार धरौटी छुटाएको हो । अदालतले कर्मचारीलाई जनही ३ लाख ९० हजार , जग्गा धनी पौडेललाइ १ लाख ७५ हजार र सर्जिमनमा सही गर्ने पौडेललाइ ७५ हजार रुपैयाँ धरौटीमा आदालतको आदेशमा छुटेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले जनाए ।
आउँदो माघ २१ गते तारिख दिएर उनीहरुलाई वुधबार छाडिएको श्रेस्तेदार खनालले जानकारी दिए । पुरानो मुलुकी ऐन अनुसार सरकारी किर्ते कागज तथा छापमा मुद्दा दर्ता गरिएको अदालतले जनाएको छ । उनीहरुलाई प्रहरीले विभिन्न क्षेत्रबाट मङ्सिर महिनामा पक्राउ गरेको थियो ।
नेकपाका नेता गगन पुरी र केही कर्मचारीको मिलेमतोमा केही व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । नेकपा नेता पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका ओमप्रकाश पौडेलको नाममा पास गराएर हत्याउन खोजेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
साविकको कित्ता नम्बर ३० को जग्गा ३ कित्तामा छुट्याइएको छ । अहिलेको कित्ता नम्बर ७४ को जग्गा पौडेलको नाममा देखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२ कठ्ठा जग्गा दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त जग्गा साविक दमक–१३ हालको बालुवाटार ८ मा छ । जग्गामा बस्दै आएका सुकुम्बासी ४० सालमा आएको बाढीका कारण अन्यत्र सरेका थिए । सो क्षेत्रको जग्गाको मूल्य हाल धुरको ३ देखि ४ लाख रुपैँयामा बेचबिखन हुँदै आएको स्थानीय बताउँछन् ।
सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको आरोपमा पुरीलाई जिल्ला अदालत झापाले पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई पक्राउ पुर्जी पठाइसकेको छ । उक्त जमिन महेन्द्र राजमार्गदेखि करिब १ किलो मिटर दक्षिणमा पर्छ ।
यता जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि हालसम्म पुरी पक्राउ परेका छैनन् । झापा प्रहरी भने पुरीको खोजी तीव्र पारेको बताएको छ । अदालतले म्याद र वारेन्ट केही दिन भित्रमा जारी गर्ने प्रहरीले जनाएको छ । आजको ब्लाष्टले लेखेको छ ।