खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



राष्ट्रियसभा निर्वाचन ः मतदाताको अन्तिम नामवली प्रकाशन आज


 संवाददाता   January 3, 2020   371 जनाले पढ़िसके




राष्ट्रियसभा निर्वाचन कार्यक्रम अन्र्तगत निर्वाचन आयोगले मतदाता अन्तिम नामावली आज प्रकाशन गर्दैछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज अपरान्ह ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामवली प्रकाशन गरिने छ ।
राष्ट्रियसभा निर्वाचन प्रक्रिया अनुसार आयोगले हिजो मतदाता नामावली प्रकाशन तथा दावी विरोध उपर छानविन गरेको थियो । २० गते मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको आयोगले २१ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय निर्धारण गरेको छ ।
निर्वाचन आयोगले माघ ९ गते विहान १० देखि ४ बजेसम्म मतदानको समय तोकेको छ । राष्ट्रियसभा निर्वाचनमा सातवटा प्रदेशका प्रदेशसभा सदस्यतर्फ ५ सय ५० र स्थानीय तर्फका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख गरि १ हजार ५ सय ६ जनागरि कुल २ हजार ५६ जना मतदाता रहेका छन् ।