खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भ्रमण वर्ष २०२० को पहिलो दिन नेपाल प्रवेश गर्ने पाहुनालाई काँकडभिट्टामा सम्मान


 संवाददाता   January 1, 2020   389 जनाले पढ़िसके




नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने ५ विदेशी पाहुनालाई सम्मान गरी उद्घाटन गरिएको छ । नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुनाको रुपमा चार जना भारतीय नागरिकलाई ढाकाटोपी र रुद्राक्षको माला लगाएर स्वागत गरिएको हो ।
मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलहरू बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो । नाका क्षेत्रमा नेपाली झन्डा राखेर सजाइएको छ ।
कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । आज दिनभर काँकडभिट्टामा जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृति कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीय स्थलबारे दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समितिले जनाएको छ ।
पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीय स्थलबारे जानकारी दिन काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्डहरू राखिएको छ ।