खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पञ्चायत माविको अनुगमन्


 संवाददाता   January 1, 2020   246 जनाले पढ़िसके




पथरी शनिश्चरे, १६ पुस
मोरङको पथरी शनिश्चरे १ को पञ्चायत माध्यामिक विद्यालयका निर्मित नयाँ भवनको नगरपालिका कार्यालयले अनुगमन् भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वको अनुगमन् समितिले नमूना विद्यालयका रुपमा तात्कालिन शिक्षा विभागले प्रदान गरेको कार्यक्रम अन्तर्गत ३ तले १२ कोठे भवनको अनुगमन् गरेको छ । १ करोड ५० लाखको लागतमा ६५ प्रतिशत भवनमा, २५ प्रतिशत शैक्षिक र १० प्रतिशत व्यवस्थापकीय खर्च गर्ने गरिको योजनामा भवन निर्माण सम्पन्नै हुन लागेको छ । ९७ लाख ५० हजारको लागतको भवनको तेस्रो तला निर्माण सम्पन्न हुन केही बाँकी रहेको छ ।