खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सहिद स्मारक ए डिभिजन लिगमा आज संकटा र पुलिस तथा आर्मी र थ्रीस्टार भिड्दै


 संवाददाता   January 1, 2020   260 जनाले पढ़िसके




सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चौथो चरणका थप २ खेल हुँदैछन् । आज संकटा क्लब र विभागीय नेपाल पुलिस तथा त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबिच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान साढे ११ बजे मैदान उत्रदा संकटा र पुलिस दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । समान ४ अंकभएपनि पुलिस तालिकाको आठौ र संकटा १० औँ स्थानमा रहेका छन् । आजको विजेताले शीर्ष ५ मा स्थान बनाउनेछ ।
सोही मैदानमा दिउँसो ३ बजे आर्मी र थ्रीस्टार आमने सामने हुनेछन् । जारी सिजनको लिगमा अपराजित रहेको थ्रीस्टार तेस्रो जितसँगै शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्ने योजनामा छ । ६ अंकमा पाँचौ स्थानमा रहेको विभागीय आर्मी पनि थ्रीस्टारलाई हराउँदै शीर्ष टोलीमाथि दबाव बढाउने दाउमा रहेको छ ।