खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



केन्द्रीय समिति बैठकको निर्णय विरुद्ध छलफल गर्न जिल्ला सभापतिको भेला


 संवाददाता   January 1, 2020   236 जनाले पढ़िसके




नेपाली कांग्रेसको संस्थापन इतर पक्षले केन्द्रीय समिति बैठकले गरेका निर्णय विरुद्ध छलफल गर्न जिल्ला सभापतिहरुको भेला बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले आगामी सोमबार जिल्ला सभापतिहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको हो ।
जिल्ला सभापतिहरुले दिएको सुझावका आधारमा अघि बढ्ने बरिष्ठ नेता पौडेलले बैठकपछि सञ्चारकर्मीलाई बताउनुभयो ।
कांग्रेस भित्रका विकृति र विसङ्गति अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन लागि परेको पौडेलको भनाई थियो ।
महामन्त्री शशांक कोइरालाले केन्द्रीय समितिबाट भएका निर्णयले कांग्रेसलाई अफ्ठेरोमा पार्ने बताउनुभयो ।
गत शुक्रबार कांग्रेसको केन्द्रीय समिति बैठकले बुहमतबाट १४ औं महाधिवेशनको कार्यतालिका, विभाग थप लगायत महत्वपूर्ण निर्णय गरेको थियो । पौडेल पक्षले सो निर्णयको विरोध गर्दै जसरी पनि सच्याउन लगाउने बताउँदै आएको छ ।
यसैबीच प्रवक्ता विश्वप्रकाश शर्माले सबैको साझा अपेक्षाका रुपमा १४ औं महाधिवशेनको मिति तय गरेको बताउनुभएको छ । पार्टी मूख्यालयमा पत्रकार सम्मेलन गरी उहाँले लोकतान्त्रिक पार्टी भित्र फरक मत हुनु स्वभाविकै भएको बताउनुभयो ।