खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



’भ्रमण वर्ष २०२०’ को आजबाट औपचारिक सुरु हुँदै


 संवाददाता   January 1, 2020   332 जनाले पढ़िसके




अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै भ्रमण वर्ष २०२० को आजबाट औपचारिक सुरुवात हुँदैछ । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यसहित सरकारले दशरथ रगंशालामा अपरान्ह भ्रमणवर्षको भव्य उद्घाटन गर्दैछ ।
त्यसको लागि सम्पुर्ण तयारी पुरा भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । सरकारले भ्रमण वर्ष २०२० लाई आगामी दशकको पर्यटन विकासको आधार वर्षको रुपमा लिएको मन्त्री भट्टराईले उहाँले बताउनुभयो । पर्यटकको सख्यासँगै उनीहरुको बसाई लम्ब्याउन विभिन्न प्याकेजहरु समेत ल्याइएको पनि उहाँले बताउनुभयो ।
भ्रमण वर्षलाई लक्षित गरेर पर्यटकसँग सम्बन्धित सेवा प्रदायक संघ संस्थाहरुले छ्टु र विभिन्न अफरहरु ल्याएका छन् । सन २०१८ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएकोमा त्यसलाई बढाएर २० लाख र्पुयाउनु पर्ने चुनौती भने कायमै छ
भ्रमण वर्षको औपचारिक उद्घाटन सत्रमा सहभागी हुन भारत, चिन, म्यान्मार र जमैकाका पर्यटन मन्त्रीसहित, अन्य मुलुकबाट उच्च पदस्थ अधिकारी नेपाल आएको पर्यटन मन्त्रालयले जनाएको छ । केन्द्र सरकारसँगै सातै प्रदेशका सरकारले पनि आ–आफ्नो क्षेत्रमा कार्यक्रम आयोजना गरी भ्रमण वर्षको सुरुवात गर्नेछन् ।
केही प्रदेशहरुले भने यसअघि नै पर्यटक लक्षित कार्यक्रमहरु सुरु गरिसकेका छन् । यसअघि सरकारले भ्रमण वर्षलाई लक्षित गरेर देशैभर नयाँ पर्यटकीय गर्न्तव्यको पहिचान र त्यसको प्रवर्द्धनात्मक कार्यक्रम पनि गरेको छ ।