खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भ्रमण बर्षमा घुम्नै पर्ने ठाउँ मध्ये एक हो, प्रदेश १ को मुटु धरान ( फोटो फिचर ) मा यस्तो देखियाे


 संवाददाता   December 31, 2019   1267 जनाले पढ़िसके




राजकुमारी तामाङ
पथरी,अङ्ग्रेजी नयाँ वर्ष २०२० सुरु हुनै लाग्दा आन्तरिक तथा बाहय पर्यटक सलबलाउन थालेका छन् । प्रदेश नम्बर १ मा रहेको १४ जिल्ला आफैमा प्रकृतिले भरिपुर्ण रहेको छ । विश्वको अग्लो हिमाल देखि ठुला झरना समेत यहि रहेका छन् । यस्तै यो प्रदेश विभिन्न जातजातिका कला साँस्कृति र संस्कारले पनि धनी प्रदेश हो । यस्तै  भ्रमण बर्षमा प्रदेश १ को घुम्नै पर्ने ठाउँ मध्ये एक हो धरान बजार । जसलाई प्रदेशको मुटु पनि भन्न सकिन्छ । यहाँ भानु चोक बाट घुम्न सुरु गर्दा अन्त्य पनि त्यही आएर हुन्छ । आदि कबि भानुभक्तको प्रतिमा मुर्ति ठिक चोकमा रखिएको छ त्यसैले यसको नाम भनु चोक अर्थात् धरानको बसपार्क पनि भनेर चिनिन्छ । यसको ठिक उतर पट्टि घन्टाघर रहेको छ । त्यसको उतरी डाडामा रहेकाे बिजयपुर डाडामा विभिन्न मन्दिरहरु रहेका छ्न ।

त्यहा सबै भन्दा प्रसिद्ध बुढासुब्बा मन्दिर रहेको छ पहिला पहिला हामी टुप्पो नभएको बाँस पाउने ठाउँ भनेर पनि अध्ययन गर्ने गर्थौ । त्यसको नजिकै दन्तकाली मन्दिर करिब १ किलोमीटरको दुरिमा रहेको छ । यस्तै दुबै मन्दिरको बिचमा करिब ५०० मिटरमा एक पार्क बनाइएको छ जहाँबाट सिङ्गो धरानलाई अवलोकन गर्न सकिन्छ । निलै र रातै देखिन्छ्न सहर सङै जस्तो देखिने सप्तकोशी नदिले थप रोमान्चक देखिन्छ । सन्सारमा स्वर्ग कहाँ छ भन्दा त्यही छ भन्दिए हुन्छ किनकि त्यहा बाट त्यस्तो अनुभव गर्न सकिन्छ ।

यस्तै नजिकै भताभुङे दरबार, पन्चकन्या,पिण्डेस्वरी लगायत विभिन्न ठुल ठुला मठ मन्दिरहरु रहेका छ्न यस्तै बिष्णुपदुका पनि प्रसिद्ध तिर्थ स्थल मध्ये एक हो । यस्तै विभिन्न पर्यटन उधमी ब्यबसायीले निजि रुपमा संचालन ल्याएको हाेमिस्टेले पनि पर्यटकलाइ थप लालाहित तुल्याएको छ। यसमा होटेल संचालकले पनि नयाँ नयाँ स्वरुपमा होटेल निर्माण गरेर थप पर्यटकलाइ लालाहित बनाएका छ्न अझ सुनमा सुगन्ध थप्न महानगरपालिकाले पनि ध्यान दिन जरुरी छ । धरानमा आफै एक हिरा हिरालाइ कसि लाउन पर्दैन । भ्रमण वर्ष २०२० लाई सहयोग गरौ सक्दो यसको प्रवर्द्धन गरौ । आफ्नो नगर र देश बिकास गरौ ।।।