खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपाल बहुजातीय बहुसांस्कृतिक र बहुधार्मिक देश हो : सुयर्माराज राई


 संवाददाता   December 31, 2019   431 जनाले पढ़िसके




नेपाल बहुजातीय बहुसांस्कृतिक र बहुधार्मिक देश भएको प्रदेश १का सांसद एवम् नेपाली काङ्ग्रेसका संसदीय दलका सचेतक सुयर्माराज राईले बताए । उनले संविधानले नै यसको संरक्षण गरेको हुँदा सबै धर्म संस्कृति रीतिरिवाजले आफ्नो उन्नति र समृद्धिको लागि खुला अवसर पाएकोपनि उल्लेख गरेका छन् । नेपालमा धर्म संस्कृति र जातको नाममा आजसम्म यो देशमा कुनै झैझगडा र द्वन्द नभएको र आपसी सद्भाव सहिष्णुता र एकता अक्षुण्ण रहेको पनि औल्याएका छ्न । तमु बौद्ध छोंज धिं पथरीशनिश्चरे द्वारा आयोजित २६०४ औं तमु गुरुङ ल्होसारको अवसरमा उनले यस्तो बताएका हुन् ।
बौद्ध परम्परा अनुसार सुंगुर बर्ष सकिएर मुसा बर्षको सुरुवात भएको उपलक्ष्यमा पथरीशनिश्चरेका तमु गुरुङहरुले आपसमा शुभकामना आदानप्रदान गरि मनाएका छन् ।
यसै अवसरमा उनले आफ्नो निर्वाचन क्षेत्र विकास बजेटमा पनि सबै धर्म सम्प्रदाय र संस्कृतिलाई समान महत्त्व र सम्मानको आधारमा बजेट विनियोजन गर्दैआएको बताएका छन ।

उनले यस्तो महत्त्वपूर्ण पर्वको अवसरमा सरकारले बिदा दिएर यो समुदायको नागरिकको सम्मान गर्नुपर्ने धारणा राख्दै आगामी संसद अधिवेशनमा ल्होसारलगायत अन्य महत्त्वपूर्ण पर्वलाई पहिचान गरेर बिदा दिनुपर्ने व्यवस्था मिलाउन कुरा उठाउने प्रतिबद्धता पनि जनाएका छन् ।