खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मगर जातीको ठुलो पर्व माघीमा मगरसंघ पथरीले भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने


 संवाददाता   December 31, 2019   736 जनाले पढ़िसके




राजकुमारी तामाङ
मगर जातीको सबैभन्दा ठुलो पर्व माघीमा मगरसंघ पथरीशनिश्चररेले भव्य साँस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको छ ।
मगरहरुको नयाँवर्ष ५०१४ को अवसर पारेर सांस्कृतिक कार्यक्रमहरु गर्ने तयारी गरेको नगर मगर संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
माघ १ गते अर्थात् माघे संक्रान्तीको अवसरमा पथरी शनिश्चरे १ मोरङमा रहेको मगर गुम्बामा कार्यक्रमको तयारी गरिएको संघका नगर सचिव खगेन पुलामी मगरले जानकारी दिए ।
कार्यक्रममा लक्की ड्र गराइने र सो लक्की ड्र मा सहभागी हुनका लागि रु. २ सयको टिकट काट्नुपर्ने पनि मगरले बताए । सो लक्की ड्र को बिजेतालाई २५ हजार बराबरको मोबाइल, अन्य पुरस्कारहरुमा साइकल, स्टेन फेन, आइरन, राइसकुकर, इलेक्ट्रिक जग, घडी लगाएत रहेका छन् ।
कार्यक्रममा छेलो, हण्डीफोर, माला दौड, चम्ची दौड, इन आउट लगाएतका खेलहरु रहेका छन् । कार्यक्रममा नगरका १० वटै वडाबाट मगर जातीहरुले आफ्ना विभिन्न नाच, झाँकीहरु प्रदर्शन गर्ने मगरले बताए । हुर्रा, कोडा लगाएतका नाचहरु देखाइने बताइएको छ ।
कार्यक्रममा गुम्बा निर्माणका लागि तिहारमा खेलिएको देउसी भैलो, हुर्रा नाचका कालाकारहरुलाई पनि सम्मान गरिने मगरले जानकारी दिए ।
मगरहरुको आफ्नो संस्कृति सन्ततिहरुलाई हस्तान्तरण गर्ने, नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गर्ने, रमाइलो गर्ने गरी कार्यक्रमको तय भएको संघका नगर अध्यक्ष टंक राना मगरले जानकारी दिए ।
मानव सभ्यताको विकास हुने क्रममा आफ्ना पुस्ताहरुले जंगलमा कन्दमूल, तरुल लगाएतका खानेकुरा खाएर नयाँ वर्ष मनाउने गरेको इतिहाँस रहेको मगरले जानकारी दिए । सोही अवसरमा अहिले पनि माघ १ गते माघे संक्रातीको अवसरमा मगरहरुले आफ्नो नयाँ वर्ष मनाउदै आएको मगरले बताए ।
सरकारले माघ १ गते थारु समुदायको माघीपर्व भनेर सार्वजनिक विदा दिएको भएता पनि मगरहरुलाई भने सम्बोधन नगरेकोमा अध्यक्ष मगरले आपत्ती जनाए । आउने वर्षहरुमा सरकारले मगरलाई पनि सम्बोधन गर्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा एकल महिला, जेष्ठ नागरिक लगाएतलाई सम्मान गर्ने समेत कार्यक्रम तय भएको छ । कार्यक्रमका लागि ५ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । सो रकम सदस्यहरुबाट लेवी उठाउने, विदेशमा रहेका मगरहरुले सहयोग पठाउने र नगरसंग पनि प्रस्ताव गरिएको मगरले बताए ।
उनले पथरी शनिश्चरेमा ३३२ घर संघमा दर्तामा रहेको र अन्य समेत गरी १२ सय घरपरिवारको हाराहारीमा मगरहरु रहेकोे जानकारी दिएका छन् ।