खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पुल नहुँदा अरुणपारिका नागरिकलाई सास्ती


 संवाददाता   December 31, 2019   303 जनाले पढ़िसके




सप्तकोशीको सबैभन्दा ठुलो सहायक नदी र संखुवासभाबाट बग्ने सबैभन्दा ठूलो अरुण नदीमा पक्की पुल नहुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । जिल्ला सदरमुकाम खाँदबारीको हेलुवाबेंसी र भोजपुरको बुम्लिङटारको सिमानाबाट बग्ने अरुणमा पक्की पुल नहुँदा समस्या भएको हो ।
संखुवासभाको अरुण पारिको सिलिचोङ गाउँपालिका तथा भोजपुरको साल्पा सिलिछोका हजारौं नागरिकहरुको दैनिक उपभोग्य सामनहरु लाने बाटोमा पक्की पुल नभए पछि अरुण पारिका नागरिकले सास्ती भोग्न परेको हो ।
पारिका नागरिकहरु झोलुंगे पुलको सहायतामा आवतजावत गर्छन् । तर सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका सामानहरु भरिया र खच्चडको सहायतामा तार्नुको अर्को विकल्प छैन ।
ढुवानी गरिएका सामान पुल वारी(पारी गर्न भरियाहरुलाई महंगो मूल्य चुकाउनु त परेको छ नै मनपरी भाडाले ढाड सेकेको छ । पक्की पुल हुने हो भने अरुण पारिका नागरिकका आँगनमा सामान आइपुग्ने थियो तर पुलन भएकै कारण महंगो भाडा तिरेर सामान ढुवानी गर्नु पर्छ ।
पुल तार्नको लागि कहिले काँही भरिया नपाइने र खच्चड समेत नपाउँदा बाटैमा सामान अलपत्र पर्ने गरेको स्थानीयहरु बताउँछन् ।दैनिक उपभोग्य सामाग्रीहरु लान तथा स्थानीय क्षेत्रमा उत्पादित सामानहरु ल्याउन समेत सकस परेको छ ।
झोलुंगे पुलको वारी पारी सडक समेत जोडिएको छ । खाँदबारीबाट हेलुवाबेशीसम्म नियमित गाडी सञ्चालनमा छ भने बुम्लिङटार भोजपुरमा र सिलिचोङ गाउँपालिकाको बुधबारे बजारसम्मपनि गाडी सञ्चालनमा छ । तर अरुणनदिमा पक्की पुल नहुँदा खाँदबारीबाट अरुण पारिको गाउँसम्म हिँडेका यात्रुहरु पुल तरेर बुम्लिङटारबाट अर्को गाडीको यात्रा गर्नु पर्ने बाध्यता छ ।
पुल अभावका कारण गाडीको यात्रा गर्नको लागिआवश्यकता भन्दा धेरै भाडा तिरेर यात्रा गरिरहेका छन् ।