खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मेरो डान्स कप र मेरो भोइस कप यु यस ए आउने जनवरी ४ बाट


 संवाददाता   December 31, 2019   738 जनाले पढ़िसके




सुमन कुरुम्बाङ

ओहायो , अमेरिका मेरो डान्स कप र मेरो भोइस कप यु यस एले आधीकारीक रुपमा अमेरिकाको कोलम्बसमा आफ्नो सन २०२० को कार्यक्रम हुने घोषणा गरेको छ । सन २०१९ मा निरन्तरता नभएको कुरा अझ बलियो तयारीको साथ आउनलाई हो भन्ने कारण पेश आयोजक तर्फबाट सुनिता गुरुङ्ले जानकारी गराउनु भयो।

आउदो जनवरी ४ तारिक एक्रोन ओहायोमा ग्रान्ड ओपनिङ हुनेछ । अतिथी कलाकारको रुपमा भूटानी गायक प्रताब सुब्बा,महेस थुलुङ राई,किरण गजमेर र गायिका सुचिता गुरुङ त्यसरी नै नायक दिलिप रायमाझी , नायिका केकी अधिकारी , नायिका अरुणिमा लम्साल ,नायिका सारङा श्रेष्ठ , नायिका पूजा चन्द , नायक शुसिल क्षेत्री , गायक राजु लामा , नायिका मेलिना मान्धार , हास्य्कलाकार सन्दिप क्षत्री ,मुकेश ढकाल , लोक गायक नबिन खड्का , गायक प्रकाश श्रेष्ठ , सपना श्री , किरण गजमेर, गायक शिव परियार , लगायतका कलाकारहरुको साथमा मेरो डान्स क्लब यु यस् एको अघिल्लो शन्स्करणको सहभागीहरुको प्रस्तुती रहनेछ ।

इन्टरनेशनल होम केयर मुख्य आयोजक र सह आयोजकमा सपोर्ट फाउन्डेशन अफ अमेरिका,अमेरिक केयर ,जोर्सिमल , इरी इन्सुरेन्स ,केलर विल्लिअंसले संयुक्त रुपमा आयोजना हुँदै गरेको यो दुई रियालिटी शोमा यो बर्ष क्यानडाबाट पनि सहभागी हुन पाउनेछन । मुख आयोजक रहेको इन्ट्रानेश्नल होम केयरले यो अघी पनि डिल्लीराम अधिकारीको अगुवाइमा ज्येश्ठ नागरिकहरुको लागि डे केयर सेन्टर , गरीब बालबच्चा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग , गीत संगीत या कलाकारितामा नव प्रबेशीहरुलाई सहयोग लगायत बिभिन्न सामाजिक कृयाकलापहरु गर्दै अाइरहेको छ ।

सहभागीहरुली यही जनवरी ४ बाट फेब्रुवरीको अन्तिम सम्म निबेदन दिन सक्नेछन । बिशेषत आफ्नो नेपाली भाषीहरुको कला , संगीत र प्रतिभालाई बिकास एवम प्रबर्दन गर्नु यस कार्यक्रमको उदेश्य रहेको र शोमा लाइभ म्युजिक हुने आयोजक समुहबाट बिष्णु रामदामले जानकारी गराउनु भयो।