खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अब बिस्वकै सस्तो दरमा बिजुली नेपालमा हुन्छ : कुलमान


 संवाददाता   December 31, 2019   335 जनाले पढ़िसके




काठमाडौ – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अवको दश पन्ध्र वर्षपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा घिसिङ्गले उक्त कुरा बताएका हुन।
नेपालमा सञ्चालित हाईड्रो पावरहरु निजि क्षेत्रले बढिमा ३० वर्ष सम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने हुदा बिजुलीको मूल्य सस्तो घिसिङ्गको भनाई थियो। घिसिङ्गले भने ‘निजि क्षेत्रले २०–३० वर्ष पछि सरकारलाई हाईड्रो पावर हस्तान्तरण गरेपछि सञ्चालन खर्च मात्र लाग्छ, जसले गर्दा हामी विश्वकै सस्तो दरमा विजुली वितरण गर्न सक्छौं, यो भावि पुस्ताका लागि खुशीको खबर हो’।
घिसिङ्ग सिमरा विमानस्थल हुदै विश्व बैंकले आयोजना गरेको ‘प्रदेश ३ का सवै क्षेत्रमा विद्युतिकरण’ कार्यक्रममा सहभागि हुन हेटौडा आएको हुन।