खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विप्लवका मेची–कोशी इञ्चार्ज पक्राउ


 संवाददाता   December 29, 2019   308 जनाले पढ़िसके




नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची–कोशी इञ्चार्ज उमा भूजेललाई प्रहरीले पक्राउ गरेको छ ।
भूजेललाई प्रहरीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीबाट पक्राउ गरेको हो । यस्तै प्रहरीले शुक्रबार विप्लव समूहका मेची–कोशी ब्यूरो कार्यालय सचिव सुमनसिंह भुजेल, मोरङ इञ्चार्ज नरेश भनिने कृष्ण चौंलागाईं र मोरङका सञ्चार विभाग प्रमुख क्षितिज पौडेललाई मोरङको कसेनीबाट मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
विप्लव समूहका चारजना नेताले शुक्रबारमात्र आत्मसमर्पण गरेका थिए । विप्लव समूहका मोरङ जिल्ला जनसत्ता प्रमुख दीपक आचार्य, मोरङ सचिव नवराज नेपाल, गोविन्द कार्की र जगतबहादुर पुलामीमगरले आत्मसमर्पण गरेका हुन् ।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै पछिल्लो समय धमाधम पक्राउ गर्र्दै आएको छ । प्रहरीले विप्लव समूहलाई पक्राउ गर्न मोरङ प्रहरीले सर्च अभियान नै शुरु गरेको छ । ब्लाष्टखबर