खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



इनरूवा–काँकडभिट्टा रेलवे आयोजना निर्माणका लागि साढे ८ हजार रुख काटिने


 संवाददाता   December 29, 2019   328 जनाले पढ़िसके




इनरुवा–काँकडभिट्टा रेलवे आयोजना निर्माणका लागि ८ हजार ५ सय रुख काट्नुपर्ने भएको छ । प्रस्तावित रेलवे लाइन निर्माणका लागि झापा र मोरङका सामुदायिक वनका रुख काट्नुपर्ने भएको हो ।
काँकडभिट्टा–इनरुवा रेलवे लाइनले १९.६० हेक्टर वन क्षेत्र प्रभावित हुने आयोजनाको वातवरणीय प्रभाव मूल्यांकन ईआईए अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । मोरङतर्फ महिला जागृति, सीताछदारे र ग्रामीण सुन्दर सामुदायिक वनका रुख काट्नु पर्नेछ । हातेमालो सामुदायिक वनको ६।१२ र सुन्दर निचाझोडा सामुदायिक वनको ६।१ हेक्टर क्षेत्रका रुख काट्नुपर्ने रेलवे लाइन निर्माण आयोजनाले जनाएको छ । यी वनबाट साना र वयष्क गरी ८ हजार ४ सय ३० वटा रुख काट्नुपर्ने जनाइएको छ ।
काटिने रुखको क्षतिपूर्ति कानुनअनुसार उपलब्ध गराउने जनाइएको छ । एउटा रुख बराबर २५ वटा बिरुवा रोप्ने गरी क्षतिपूर्ति दिने व्यवस्था गरेका आयोजनाले जनाएको छ । रोपिएका बिरुवाहरूको ५ वर्षसम्मको सुरक्षा लागतसहितको सबै प्रभावित र काटिएका रुखको शोधभर्ना गर्ने रेलवे आयोजनाको प्रतिबद्धता जनाएको छ ।