खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



(Untitled)


 संवाददाता   December 29, 2019   230 जनाले पढ़िसके




पथरीका अशोक शंकर नेपाल जेसिज राष्ट्रिय अध्यक्षमा विजयी

राजकुमारी तामाङ
नेपाल जेसिज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा मोरङ्ग पथरीका अशोक शंकर विजयी बनेका छन । पथरी जेसिसका संस्थापक अध्यक्ष समेत रहेका उनी शनिवार सम्पन्न चुनावबाट राष्ट्रिय अध्यक्षमा विजयी बनेका हुन । कुशल युवा व्यवसायी उनले २ प्रतिद्वन्दीलाई पछि पार्दै नेपाल जेसिजको बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा निर्वा्चित भएका हुन ।


चितवनको रत्ननगरमा सम्पन्न चुनावी अधिवेशनमा मोरङ्गका शंकरले चितवनका बीस हजार जेसिजका अरुणेश्वर खनाल र काभ्रे जेसिजका विकामानन्धरलाई पराजित गर्दै जित हात पारेका हुन।


जम्मा १ हजार ५ सय ६५ मतदाताले गरेको मतदानबाट शंकरले ५ सय ५१ मत प्राप्त गरेका छन भने पराजित विकास मानन्धरले ४८७ र अरुणेश्वर खनालले ५२७ मत प्राप्त गरेका छन ।
यसअघि उनी नेपाल जेसिस वर्ष २०१४ को राष्ट्रिय उपाध्यक्ष,नेपाल जेसिस वर्ष २०१८ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष समेत रहिसकेका छन् ।
विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको जेसिस विश्वको १२० राष्ट्रहरु आवद्ध रहेका छन् । नेपालमा भने यसको १५१ स्थानमा यसको साखा रहेको छ । विजयी जेसी असोक शंकरले वार्षिक कार्यक्रम संगै नयाँँ मेरो देश म बनाउँछु भन्ने कार्यक्रम मुख्य एजेण्डाको रुपमा रहेको छ ।