खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



विराटनगर टाईटन्स पीपीएलको फाइनलमा


 संवाददाता   December 27, 2019   375 जनाले पढ़िसके




समूह चरणको अन्तिम खेलमा प्रतियोगितामा फर्किएको विराटनगर टाईटन्स, पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको फाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्समाथि शनसनीपूर्ण जित निकाल्दै इलिमिनेटरमा प्रवेश गरेको विराटनगरले सोही नतिजा दोर्होयाउँदै फाइनलमा स्थान बनाएको हो ।
उपाधिका लागि विराटनगरले पर्सि शनिबार चितवन राईनोजसँग प्रतिस्पर्धा गर्नेछ । चितवन भने समूह विजेता बन्दै सिधै फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा आज भएको इलिमिनेटर खेलमा विरानगरले बुटवललाई २१ रनले पराजित र्गयो । १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटबलले निर्धा्रित ओभरमा सबै विकेट गुमाए १ सय ४४ रन मात्र बनाउन सक्यो ।
भिम सार्कीले ४४ र अफ्ताबुद्धिन अहमदले ४३ रन बनाएपनि हार भने टार्न सकेनन् । ५ जनाले दोहोरो अंक जोड्न नसकेको बुटबलको इनिङ्समा २ जना गोल्डेन डक आउट भएका थिए । सहाब आलम र पुनित मेहराले ३–३ विकेट लिए ।
पहिले व्याटिङ गरेको विराटनगरले निर्धा्रित ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रनको योगफल तयार पारेको हो ।
विराटनगरका लागि सुनिल धमलाले ६१ रन बनाए भने कप्तान प्रदिप ऐरीले अबिजित ३३ रन जोडे । महम्मद जाईद आलमले २० तथा पुनित मेहेरा र लोकेश बमले समान १९ रन बनाए ।
बुटवलका हर्ष टंकले २ तथा ललित भण्डारी र अविनाश बोहोराले समान १ विकेट लिए ।