चालु आर्थिक वर्षको पाँच महिनामा प्रदेश १ मा १ सय ४९ जनाको सवारी दुर्घटनमा परि मृत्यु भएको छ । १४ जिल्ला रहेको प्रदेश १ मा चालु आर्थिक वर्ष ०७६र०७७ को मंसिर महिनासम्म ६ सय १३ वटा दुर्घटना भएको थियो । जसमध्ये १ सय ४९ जनाको मृत्यु र ४ सय १२ जना घाइते भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भिम दाहालले जानकारी दिए ।
दुर्घटना भएका मध्ये सबैभन्दा बढी चालकको लापरबाहीले भएको उनले बताए । चालु आर्थिक वर्षमा चालकको लापरबाहीले २ सय ८७ दुर्घटना भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । जिर्ण सडकको अवस्थाले २ सय १४ र ३२ वटा मापदक पद्धार्थ सेवन (मापसे) गरि सवारी चलाउनले र्दुघटना भएको हो ।
प्रदेशमा भएको सवारी दुर्घटनाको त्रि– वर्षिय अभिलेखले दुर्घटनामा परि मृत्यु हुने संख्यामा घटबढ देखिएको छ । आथिक वर्ष ०७३र०७४ मा १ हजार ३ सय १८ वटा सवारी दुर्घटनामा परि ३ सय ५० जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७६ जना घाइते भएको प्रदेश ट्राफिकको अभिलेखमा देखिन्छ ।
०७३र०७४ को तुलनामा आर्थिक वर्ष ०७४र०७५ मा दुर्घटनामा परि ७४ जनाको मृत्यु हुनेको संख्यमा वृद्धि आएको छ । अघिल्लो आर्थिक वर्षमा १ हजार २ सय ७९ वटा दुर्घटनामा परि ४ सय २४ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७५र०७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटनामा परि मृत्यु हुनेको संख्यमा कमी आएको छ । आर्थिक वर्षमा १ हजार २ सय ९८ वटा दुर्घटनामा परि ३ सय ७३ जनाको मत्यु भएको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्षमा ५१ जना दुर्घटनमा परि मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
सबैभन्दा बढी दुइ पाङग्रे सवारी साधान बढी दुर्घटनामा भइ मृत्यु हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षमा ४ सय ३४ वटा दुई पाङग्रे सवारी साधन मोटरसाइकल दुर्घटना भएको छ । प्रदेशमा सबैभन्दा बढी दुर्घटना हुने स्थानको पनि प्रहरीले पहिचान गरेको छ ।
प्रदेशको ६ जिल्लामा ४५ स्थानामा दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । जसमध्ये सुनसरीमा बढी दुर्घटना हुने गरेको छ । सुनसरीको धरान विश्कर्मा मन्दिर, बसक्याम मोड, इटहरी–खनार बाबा मिल, इनरुवा, कोशी ब्यारेजलागयत गरि ११ स्थानमा दुर्घटना हुने स्थानको रुपमा ट्रफिक प्रहरीले लिएको छ । यस्तै मोरङमा ८, झापामा ६, इलाम, उदयपुर, धनकुटा, र पाँचथरमा ५र५ स्थानमा दुर्घटना हुने स्थलको प्रहरीले पहिचान गरेको छ ।
सवारी दुर्घटनको प्रमुख कारण भनेको मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउदा दुर्घटनमा भएको एसपी गौतमले जानकारी दिए ।
त्यस्तै गलत तरिकाले उछिन्ने, लेन अनुशासन पालना नगर्नु, जथाभावी गलत तरिकाले सवारी साधन रोक्नु, सवारी पूर्ण रुपमा नरोकी यात्रु ओर्लने, सवारी सही ठाउँमा नरोक्नुले दुर्घटनमा बढेको ट्राफिक प्रहरीको भनाई छ ।
पुर्वी भेगको सडक साघुरो र केही ठाउँमा जिर्ण भएको कारणले पनि सवारी दुर्घटन हुने गरेको छ । दुर्घटना कम र ट्राफिक जाम हटाउन आफूहरुले पछिल्लो समय ट्राफिक सचेतना अभियान व्यापक रुपमा चलाएको उनले बताए । ब्लाष्टखबर