खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



से नो ड्रक्स् ः गायक राजेशपायल राई


 संवाददाता   December 26, 2019   561 जनाले पढ़िसके




भ्रमण वर्ष २०२० सुरुहुनै लाग्दा प्रदेश सरकार तथा निजी संघसंस्थाहरुले साँस्कृतिक कार्यक्रमहरुको धमाधम आयोजना गरीरहेका छन् । जसको कारण स्थानिय स्तरको कला, संस्कार, सँस्कृतिको प्रवद्र्धनका साथै पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्नेछ ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, भ्रमण वर्ष २०२० का प्रदेश संयोजकमा जिम्मेवारी प्राप्त गरेका वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियत लगायतले सरकारको यो कार्यक्रमलाई सफल पार्न विभिन्न संघ संस्थाहरुसंग अपिल गरे । प्रदेश १ सरकारले भलेही ठोस रणनिती लिएर कार्यक्रम अगाडि बढाउन नसकेता पनि निजी स्तरबाट विभिन्न संघ संस्थाहरुले खुलेरै सरकारको यो कार्यक्रमलाई साथ दिइरहेको पाईएको छ ।
यसै अवसरमा यति बेला कलाकारलाई मात्र नभएर आयोजकलाई पनि भ्रमण वर्षको कार्यक्रम गर्न भ्याई नभ्याई भइरहेको छ । यस्तै बाहय तथा आन्तिरिक पर्यटकहरुलाई पनि भ्रमण वर्ष २०२०ले गजब छोएको छ जसललाई प्रत्यक्ष अनुभुति गर्न सकिन्छ सामाजिक संजालका पोष्टहरुले ।
यसै अवसरमा मोरङको बेलबारी ९ स्थित नलबारीमा से नो ड्रक्स् भन्ने मुलनाराका साथ स्थानिय शान्ति युवा समुहले बृहत साँस्कृतिक कार्यक्रमको आयानेजना गर्ने भएको छ । कार्यक्रमको मुख्य उद्धृेश्य स्थानिय युवाहरुलाई कुलतबाट टाढा राखी विभिन्न सामाजिक कार्यमा लगाउनु , युवा सामाज मेरुदण्ड भएकाले समाजका निम्ती काम गर्नु र भ्रमण वर्षलाई प्रर्वद्धन गरी स्थानिय कला, संस्कार, संस्कृति, रहनसहन, भेषभुषाको उजागर गर्नु रहेको आयोजक सदस्य प्रकास राईले बताए । लोकप्रिय गायक राजेशपायल राई, हास्यकलाकार फुलेन्दीकी आमा उमेश राई,लगायत स्थानिय कलाकार,मोडल साथै गरिमा डान्स सेन्टर धरानको विषेश प्रस्तुती समेत रहने कार्यक्रम संयोजक धर्मराज राईले बताए