खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



इलामको सूर्योदयमा चिया परीक्षण केन्द्र स्थापना हुने


 संवाददाता   December 26, 2019   406 जनाले पढ़िसके




इलामको सूर्योदय नगरपालिकामा देशमै पहिलो पटक चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र स्थापना हुने भएको छ । प्रदेश १ सरकार र इलामको सूर्योदय नगरपालिकाको संयुक्त लगानीमा प्रवर्द्धन केन्द्र स्थापना हुने भएको हो ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाको साझोदारीमा केन्द्र निर्माण गर्ने सम्झौता भएको छ । मन्त्रालयले ७५ प्रतिशत र नगरपालिकाले २५ प्रतिशत लागत सहभागितामा दुई वर्ष्भित्र प्रवर्द्धन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने साझेदारी पत्रमा उल्लेख छ । केन्द्र बन्ने भएपछि चिया सम्बद्ध किसान र उद्यमी उत्साहित बनेका छन् ।
चालू आर्थिक वर्षमा उक्त मन्त्रालयले केन्द्र स्थापनाका लागि विनियोजन गरेको ५ करोड बजेट उक्त नगरपालिकालाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट रकमान्तर गरेर उपलब्ध गराउने साझेदारी पत्रमा उल्लेख गरिएको छ ।
प्रवर्द्धन केन्द्रमा चियाको स्वाद र गुणस्तरीय परीक्षण हुनेछ । यसले अन्तर्रा्ष्ट्रिस्तरमा बजार प्रवर्द्धन गर्नुका साथै पर्यटकसमेत आकर्षित गर्न मद्दत पुग्ने जनाइएको छ ।