खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



लागुऔषधको कुलत बिरुद्ध सचेतना


 संवाददाता   December 25, 2019   476 जनाले पढ़िसके




लागु पदार्थ दुब्र्यसन बिरुध्द सचेतना कार्यक्रम इलामको रोङ गाउपालिका ३ स्थीत शान्ति निकेतन माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ ।
बिद्यालयमा आयोजित एक कार्यक्रममा कक्षा ९ देखि १२ कक्षा सम्मका बिद्यार्थीहरुको सहभागितामा भएको सचेतना कार्यक्रममा लागुपदार्थ दुब्यसन जस्ता कुलत तथा स्वास्थ्य र सरसफाइको बारेमा जानकारी गराइएको थियो । युवा सशक्तीकरण समुह रोङगाउपालिका ३ को आयोजनामा भएको सचेतना कार्यक्रमलाई समुहका अध्यक्ष डाइमन्ड तिम्सिनाले बिषयबस्तुको सहजीकरण गरेका थिए ।
रोङ गाउपालिका वडा नम्बर ३ का वडा सदस्य प्रेमराज गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक हेमन्त आचार्य, सहायक प्रधानाध्यापक भूपाल खड्का, सशक्तीकरण समुहका सचिब दिनेश निरौला, शान्ति निकेतन माबि शिक्षक अभिभावक संघका सदस्य एवं सरसफाइ अभियान्त कमल दर्जी, कल्पना खवास लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा युवा रेडक्रस सर्कल, सगरमाथा टिन्स क्लब, स्काउट बिद्यालयको बिभिन्न सदनहरु लगायतको क्षेत्रमा कृयाशील बिद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । युवा सशक्तीकरण समुहले बिभिन्न्न समयमा सामाजिक कामहरु गर्दै आएको छ ।
यस अघि सार्बजनिक स्थानको फोहोर ब्यवस्थापन गर्ने काम गरेको थियो भने आगामी दिनमा पनि यस्तो काम गरिरहने समुहका अध्यक्ष डाइमन्ड तिम्सिनाले बताए ।