खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सिद्धबाबा प्रकरणः प्रहरीले मिसिल कमजोर बनाएको पीडित महिलाको आरोपपुर्पक्षका लागि थुनामा जाने गरी मिसिल बनाएको प्रहरीको दाबी


 संवाददाता   December 25, 2019   234 जनाले पढ़िसके




‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले आफ्नो अनुयायी महिलालाई बलात्कार गरे नगरेको बारे प्रहरीले गरिरहेको अनुसन्धानको म्याद अब सकिन लागेको छ ।
यसअघि अनुसन्धान गर्ने सिलसिलामा प्रहरीले सिद्धबाबाको अनुसन्धान सकिएको भनेर मिसिल बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले अभियोग पूरक नभएको र पर्याप्त प्रमाण संलग्न नगरिएको भन्दै पुनः म्याद थप गरिएको थियो । प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धानको मिसिल बुझाइसकेको अवस्था छ । सर्वत्र चासो बढेको बेला सम्भवतः पुस १२ गते अदालतले सिद्धबाबा प्रकरणको बारेमा आदेश दिनेछ ।
यतिबेला गिरी बलात्कार आरोप लागेका अभियुक्त भए पनि प्रहरीले हिरासतमा राख्ने आँट नगरेपछि बिरामीको बहानामा विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स रुमलाई नै हिरासत बनाएर बसेका छन् । सर्वसाधारण भए रातारात पक्राउ भएर हातमा हत्कडी लगाई चिसो र अँध्यारो हिरासतमा हुन्थे तर सिद्धबाबाको घटनामा यस्तो अवस्था नेपालमा बिरलै हुने गरेको छ ।
२५ दिने अनुसन्धानको समय सकिएपछि उनको बयान लिएर अदालतमा दोहोरो थुनछेक बहस हुनेछ । बहसपछि गिरीलाई साधा तारिखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा राख्नेमध्ये एक आदेश अदालतले दिनेछ ।
यसैबीच ‘सिद्धबाबा’ गिरीविरुद्ध उजुरी दिने पीडित महिलाले प्रहरीले कमजोर मिसिल बनाएर सरकारी वकिलको कार्यालयमा बुझाएको आशङ्का व्यक्त गरेकी छन् । उनले भनिन, ‘मैले उजुरी लिएर जाँदा शुरुमै मलाई अनेक बहाना गरेर अल्मल्याए । उजुरी लिन मानेनन् । उजुरी फिर्ता मात्र होइन, मलाई नै अपराधी झैं उल्टो केरकार गरे । तिनै प्रहरी अधिकृतहरूले अनुसन्धानको मिसिल फितलो बनाएका छन् ।
यसअघि पनि मैले अनुसन्धान अधिकृत परिवर्तन गर्न माग गरेकी थिएँ ।’ सिद्धबाबाको अनुसन्धान अधिकृतमा सुनसरीका डिएसपी विनोद शर्मा रहेका छन् । महिलाको आरोपबारे एसपी पोखरेलले त्यस्तो अश्लील शैलीमा पीडित महिलालाई कुनै प्रश्न नगरेको बताए । डिएसपी शर्माले आफूले बलियो प्रमाणसहित मिसिल तयार गरेकाले सिद्धबाबा पुर्पक्षका लागि थुनामा जाने दाबी गरे ।