खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पीपीएल ः लीग चरणको अन्तिम खेलमा बुटवल र विराटनगर भिड्दै


 संवाददाता   December 25, 2019   219 जनाले पढ़िसके




पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज लीग चरणको अन्तिम एक खेल हुदैछ। बुटबल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच हुने खेल बिहान ११ बजे शुरु हुनेछ। यसअघिनै प्लेअफमा स्थान पक्का भएको बुटबललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन्। तर आज हुने अन्तिम खेलमा फराकिलो जित निकाल्न सके विराटनगरको प्लेअफमा पुग्ने सम्भावना रहेको छ।
बुटबल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ। पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ। तेस्रो स्थानको काठमाडौंको ४ अंक छ। नेट रनरेटमा कमजोर देखिएको काठमाडौंलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने मौका विराटनगरलाई छ। चितवन प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको फाइनल पुगिसकेको छ।