खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सुयर्माको बजेटमा पर्यटन र शिक्षालाई विषेश जोड ः धार्मिक र साँस्कृतिक पक्षलाई समान बजेटिङ


 संवाददाता   December 24, 2019   468 जनाले पढ़िसके




भ्रमण वर्ष २०२० नजिकिदै गर्दा प्रदेश सरकारका तर्फबाट अलपत्र नै देखिएको यो कार्यक्रम प्रदेशका सांसदले भने आफनो कार्यक्रममा पारेर उदारणीय कार्य गरेका छन् । उनी हुन्,प्रदेश नम्बर १ क्षेत्र नम्बर ३ क का सांसद सुयर्माराज राई ।
अहिलेकोे अवस्थामा हेर्ने हो भने कतिपय सांसद चाहे त्यो संघको होस् या प्रदेशको विजयी भएर गएपछि आपmनो क्षेत्र र आफुले जनता संग गरेको बाचाँ र योजना नै विर्सीएका छन् तर यसको ठिक विपरित कार्य गरेका छन् सुयर्माले ।
उनी भन्ने गर्दछन् । “आफु पदिय प्रलोभनमा कुर्सिमा बस्न नभई जनता र आफनो क्षेत्रका जनताका लागि काम गर्न विजयी बनेको हो । ” प्राय उनी आफनो क्षेत्रको कार्यक्रमहरुमा सकृय देखिन्छन् र जनताका गुनासाहरु सुन्छन् पनि । मूख्य रुपमा उनको एजेण्डामा अव्यबस्थीत बसोबास , सुकुम्बासी समस्या र प्राकृति सोत साधनको दुरुपयोगमा रोक रहेका छन् ।
प्रदेश सभामा भएका ९३ जनाा सांसद मध्ये आफनो एजेण्डालाई प्राथमिकता दिएर हरेक सभामा उठान गर्ने उनी एक मात्र सांसद हुन् । क्षेत्र नम्बर ३ मा जरो गाडेको यो समस्या अन्त्यका लागि उनले पहल कदमी पाईलाहरु चालिरहेका छन् । यसै वर्षमा उनको पहलमा केन्द« सरकारबाट ५ करोड रुपैयाँमा बक्राहामा तट बन्धन निर्माण हुदैछ ।
जनतालाई आफुले के बाचाँ गरेको छु मेरो कर्तव्य के हो भनेर राम्रो हेक्का छ उनमा, त्यसैले त उनले भर्खरै मात्र आफनो बजेट प्रस्तुत गर्दै कार्यक्रमहरु सार्वजनिक गरेका छन् । त्यसमा पनि प्रदेश सरकारले भ्रमण वर्ष मनाइरहदा भएका पर्यटनका पुर्वाधारलाई विकास नै नगरी हचुवाको भरमा मनाउदैछ । यस्तो अवस्थामा सुयर्माले भने पर्यटन र शिक्षालाई विषेश जोड दिएका छन् ।
उनले बेलबारीमा रहेको महाकाल शिवालय धार्मिक पर्यटकीय क्षेत्र पूर्वाधार विकासका लागि भनेर बजेट विनियोजन गरेका छन् । यसैगरी अर्को पर्यटकिय गन्तब्यका रुपमा सम्भावना बोकेको पुर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरी भाउन्ने सडक खण्ड देखि १ किलोमिटर दक्षिणमा रहेको सुकुना सिमसार एवम् सिंहदेवी देवालय धार्मिक पर्यटन विकासका लागि पनि उनले विषेश महत्व दिएका छन् ।
यस्तै उनले कृषि शिक्षा र खानेपानीका आयोजनालाई पनि उच्च प्राथमिकतामा राखेका छन् । यस अन्र्तगत यो पटक कानेपोखरी ५ भौसाबारीस्थित रमाइलो बहुमुखी क्याम्पसमा १० लाखको बराबरको उत्कृष्ठ कम्प्युटर सम्बन्धि कार्यक्रम परेर उदाहरणीय कार्य गरेका छन् । हजारौ बिध्यार्थीको नाङगो आखाले खुल्ला रुपमा सपना देख्ने सो विध्यालयमा भने भौतिक संरचना र राम्रो राम्रको कार्यक्रमको अझै खाचो छ । त्यसको अनुभव गर्दै राईले बजेट त्यहाँ पारेका हुन् ।
उनले धार्मिक र साँस्कृतिक रुपमा समेटेर हिन्दु र क्रिष्टीयनलाई पनि समान रुपमा बजेटिङ गरेका छन् । एकै वर्षमा सबैललाई समेटन नसकिने भन्दै पालो सिस्टममा प्रत्येक वर्ष योजना बनाउने राईले बताएका छन् । यसैगरी मिडियामा पनि यो यस पटक कार्यक्रम समावेश गर्दै अर्को वर्ष अर्कोलाई गर्दै रुटिङ बनाउने बताए । उनले यसरी सबै क्षेत्रलाई समेटेर सम्भवत कसैले बजेट नल्याएको पनि जनाए ।
उनको भौतिक पूर्वाधार विकासको कार्यक्रम हेर्ने हो भने एजिङ निमार्ण, डे«न निर्माण, भित्री बाटाका स्तरोन्ती,विध्यालयको घेराबारा, खोनेपानीको मुहान संरक्षण तथा ट्याङकी निर्माण, कल्र्भट निमार्ण र पथरीशनिस्चरे १० को शिवालय मन्दिरको बाटो अन्र्तगत ५२ लाखको मेघा पक्की सडक निमार्ण लगायत उत्तम कार्यहरु रहेका छन् ।
यस्तै उनको कार्यक्रममा दलितमहिलालाई उत्थान एवम् सशक्तीकरण जगाउने कार्य समावेश रहेको र मिडियालाई पनि समेटनु जुन सर्वोउत्कृष्ठ देखिन्छ ।