खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भ्वाइस अफ नेपालको बल बहादुर राजबंशिले नयाँ गितको छायांकन पोखरामा सक्काए !


 संवाददाता   December 24, 2019   475 जनाले पढ़िसके




  1. काठमाडौं /द भ्वाइस अफ नेपाल सिजन-२ को उत्कृष्ट ९ बाट बाहिरिएका बल बहादुर राजबंसीको स्वरमा रहेको “कित माया गर्छु भन कित माया गर्दिन भन” बोलको म्युजिक भिडियो भर्खरै छायांकन सम्पन्न भएको छ । द भ्वाइस अफ नेपालबाट उपाधी हासिल गर्न नसकेता पनि उनको गायकिको खुबै चर्चा भयो । उनि अहिले गित संगीत मै ब्यस्त छन् भने उनले केहि गीतमा आफ्नो स्वर दिइरहेका छन् ।
    छायांकन सम्पन्न भएको सो गीतमा हरि लम्सालको संगीत रहेको छ भने म्युजिक भिडियोलाई नेपालको एक सुन्दर सहर पोखरामा छायांकन गरिएको हो । गीतमा डिआर राजु बाबु श्रेष्ठको सब्द समाबेश गरिएको छ । सन्देश जङ्ग राणाले निर्देशन गरेको सो म्युजिक भिडियोमा नेपालको चर्चित डान्स ग्रुप क्रिस्टल डान्स क्रु को दमदार नृत्य तथा अभिनय रहेको छ । नेपालमा धेरै डान्स ग्रुप भएतापनि प्रत्येक डान्स ग्रुपको आफ्नो छुट्टै स्थान रहेको छ, त्यहि मध्येको एक चर्चित ग्रुपलाइ उक्त म्युजिक भिडियोमा देख्न सकिन्छ ।
    छायांकन सम्पन्न उक्त म्युजिक भिडियोमा रहेको गीतलाई अकोस्टिक नेपाल काठमान्डूको स्टुडियोबाट रेकर्ड गरिएको हो । छायांकन क्रममा पोखरा पुगेका गायक राजबन्शीले भिडियो राम्रो बन्नेमा बिस्वास ब्यक्त गरे भने सम्पुर्ण आफ्ना फ्यान तथा सुभचिन्तकलाई छिट्टै यो भिडियो सार्बजनिक हुन्छ, हेरिदिन र प्रतिक्रिया दिन आग्रह गरेका छन् ।