खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



आइसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत


 संवाददाता   December 24, 2019   258 जनाले पढ़िसके




अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले एकदिवसीय वरीयता सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ ।
नेपाल १८औं स्थानमा छ । नयाँ वरीयतामा नेपालले १९ रेटिङ अंक पायो । नेपाल युएई र पपुवा न्युगिनीभन्दा माथि छ । यूएई १९औं स्थानमा हुँदा २०औं स्थानमा पपुवा न्युगिनी छ ।
नयाँ वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थान रहँदा दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ । पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज र अफगानिस्तान क्रमशः छैटौँदेखि लिएर दसौं स्थानमा छन् ।