खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



उपेन्द्र यादबले उप प्रधानमन्त्री मन्त्री बाट दिए राजिनामा, पत्र सहित


 संवाददाता   December 24, 2019   475 जनाले पढ़िसके




  •  काठमाडौं, ८ पुष । उपप्रधान एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । सरकारसँग भएको दुई बुँदे सहमति कार्यान्वयनमा सरकार उदास रहेकोले नैतिकताको आधारमा सरकारबाट राजीनामा दिएको यादवको निश्कर्ष छ ।
    यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्। समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन्।
    यादव र राईले मन्त्रीबाट राजीनामा दिनुअघि आजै बिहान बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसलगत्तै बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।