खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा पोखराको लजास्पद हार,समुहचरण बारिबाटै बाहिरियो


 संवाददाता   December 23, 2019   245 जनाले पढ़िसके




धनगढी ब्लुजले पोखरा पल्टनमाथि ५ विकेटको जित हासिल गरेको छ । ८० रनको लक्ष्य धनगढीले ९.१ ओभरमै पूरा गरेको हो ।
यो नतिजाले प्रतियोगिताको साविक विजेता पोखरा प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । जितले धनगढी पनि प्लेअफमा पुगेको भने छैन । काठमाडौं गोल्डेन वारियर्सले अन्तिम खेलमा चितवनसँग खेल्दैछ । यही नतिजाले प्लेअफमा पुग्ने तेस्रो टोलीको छिनोफानो हुनेछ । चितवन राइनोज र बुटवल ब्लास्टर्सले प्लेअफमा स्थान बनाइसकेका छन् ।
धनगढीका ओपनर रोड्रिगो थोमस र दीपक पुनियाले २७ रनको साझेदारी गरेका थिए । थोमसले १५ रन बनाएर आउट भएपछि आएका कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन थपे । पुनियाले २५ रनको योगदान दिए । सुबेन्दु पान्डे ११ र मन्जित श्रेष्ठले अविजित ९ रन बनाए ।
यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा अलआउट हुँदै ७९ रन बनाएको थियो । उसका लागि आसिफ शेख र विनोद भण्डारीले मात्रै दोहोरो अंकको रन छुन सके । ओपनिङमा आएका आसिफले २९ बलमा ४ चौकासहित ३२ रन बनाए । एउटा एन्डबाट उनले रन बनाए पनि अर्को एन्डबाट लगातार विकेट झरिरह्यो ।
पाँचौं नम्बरमा ब्याटिङमा आएका विनोद भन्डारीसँग मिलेर आसिफले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । विनोद १५ बलमा १२ रन बनाएर आउट भए ।
बलिङमा धनगढीका अनिल खरेलले ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिए । सागर ढकाल र दीपक पुनियाले २र२ विकेट लिए ।