खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



हेफर र नगरपालिकाको सहकार्यको प्रस्ताव


 संवाददाता   December 23, 2019   324 जनाले पढ़िसके




भुपेन्द« तिम्सीना

हेफर इन्टरनेशनल नेपाल तथा अभियान नेपाल झापामार्फत मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा साझेदारीका कार्यक्रमिक योजना बनाउने प्रस्ताव अघि बढेको छ ।

नगरपालिकाका जनप्रतिनिधिहरुका लागि आधारशिला सम्बन्धी ३ दिने तालिम समापनमा हेफरका इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवन्धक दिपेश पोखरेल, अभियान नेपालका अध्यक्ष प्रेम गिरी तथा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधिकाबीच साझेदारीको प्रस्ताव अघि बढेको हो ।

हेफर इन्टरनेशनल नेपालको सहयोगमा इलामको श्रीअन्तुमा सम्पन्न तालिममा हेफरको २५ र पालिकाहरुको ७५ प्रतिशतको सहकार्यमा कृषि पशु सहितका योजनाहरु अघि बढाउने कार्यक्रमका बारेमा केन्द्रमा छलफल भइरहेको जानकारी गराइयो । त्यस प्रकारको कार्यक्रम स्वीकृत भएमा पथरीशनिश्चरेमा पनि सोही प्रकारको सहकार्य अघि बढ्ने हेफरका प्रवन्धक पोखरेले प्रतिवद्धता जनाए । त्यसका साथै नगरका वडाहरुलाई समेटेर आधारशिला तालिम सञ्चालन र अभियान नेपालमार्फत कार्यक्रम सञ्चालन भएको नगरको चौतारी सामाजिक उद्यमी महिला सहकारीको कार्यक्षेत्र विस्तार गर्ने प्रस्तावमाथि पूर्ण सहमति भएको छ ।

तालिममा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहित कार्यपालिका सदस्यहरु तथा बिभाग प्रमुख कर्मचारीहरुको सहभागिता रहेको छ ।

अभियान नेपालका अध्यक्ष प्रेम गिरी, हेफरका दिपेश पोखरेल र ऋषिराम पौडेलले सकारात्मक सोच, स्वनेतृत्व, मुल्यमा आधारित विकास, ब्यक्ति र समाज रूपान्तरका १२ वटा आधारशिलाका विषयमा सहजिकरण गरेका थिए । नगरलाई कसरी सबै पक्षबाट सम्बृद्ध बनाउन सकिन्छ भन्ने सन्दर्भमा तालिम केन्द्रित रह्यो ।