खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सागमा पदक विजेता ७ इलामेली खेलाडीलाई काठमाडौंमा सम्मान


 संवाददाता   December 22, 2019   239 जनाले पढ़िसके




१३ औं सागमा पदक जित्ने इलामेली ७ खेलाडी सम्मानित भएका छन्। शहिद रत्नकुमार वान्तवा खेलकुद केन्द्रले सागमा २ स्वर्ण १ रजत र ४ कास्य पदक ल्याउने खेलाडीलाई सम्मान गरेको हो।
फुटबलतर्फ स्वर्ण विजेता इलाम सन्दकपुर गाउँपालिका ५ का छिरिङ गुरुङ, उसुतर्फ स्वर्ण विजेता देउमाई नगरपालिका ३ कि जुनी राई, उसुतर्फकै कास्य विजेता फाकफोकथुम ६ की सुमित्रा राई, महिला फुटबलतर्फ रजत विजेता सूर्योदय नगरपालिका ११ तीनघरेकी एन्जिला तुम्बापो सुब्बा, महिला विच भलिबलतर्फ कास्य विजेता माङसेबुङ १ गजुरमुखीकी विनिता बुढाथोकी र बास्केटबलतर्फ कास्य विजेता, सन्दकपुर गाउँपालिका ३ का विजय बुर्जा र बास्केटबलका कप्तान सदिश प्रधानलाई सम्मान पत्र र नगद प्रदान गरिएको हो।
उनीहरूलाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङलगायतले खेलाडीलाई नगद, माला र सम्मान पत्र प्रदान गरे।