खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



ताप्लेजुङमा हिमपातले चिसो बढ्न थालेपछि स्थानीय सरकारद्वारा एकल महिला र वृद्धवृद्धालाई सिरक वितरण


 संवाददाता   December 22, 2019   416 जनाले पढ़िसके




ताप्लेजुङमा हिमपात हुन सुरु भएसँगै ताप्लेजुङको हिमाली बस्तीका जनसमुदायको जनजीवन प्रभावित हुन पुगेको छ ।
हिमपातपछि अत्याधिक चिसो हुने भएकाले ताप्लेलुङको फक्ताङलुङ गाउँपालिका ६ नम्वर वडा लेलेपमा जाडो छेक्नको लागि वृद्धवृद्धा, आर्थिकरुपले कमजोर घर परिवार, एकल महिलाहरुको लागि ३१ घर परिवारलाई दुईलाख बरावरको सिरक, म्याटेच र सिरानी वितरण गरेको फक्ताङलुङ गाउँपालिका ६ का वडा अध्यक्ष छोवाङ शेर्पाले जानकारी दिए ।
हिउँ परेपछि केहीदिनसम्म निकै चिसो हुने भएकाले थोरै भएपनि स्थानीय सरकारको अनुभूति दिलाउन साथै जाडो छेक्न आवश्यक सामाग्री वितरण गरिएको फक्ताङलुङ गाउँपालिकाको कार्यपालिका सदस्य निमा नावाले बताए । चिसो बढेको बेला वडा पालिको चिसोबाट बच्न आवश्यक सामग्री दिएकोमा लोकबहादुर फेम्बुले स्थानीय सरकारलाई धन्यवाद समेत दिएका थिए ।