खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीशनिश्चरेको शिर उच्च पार्दै रिजु भईन् मिस पूर्वाञ्चल २०२० को बिजेता


 संवाददाता   December 22, 2019   597 जनाले पढ़िसके




राजकुमारी तामाङ
पथरीशनिश्चरेको शिर उच्च पार्दै रिजु भट्टराईले मिस पूर्वाञ्चल २०२० को बिजेता घोषित भएकि छिन् । यस अघि उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत रहेकि छन् । मिस पूर्वाञ्चलमा सहभागी २० प्रतियोगीहरूलाई पछि पार्दै उनले ताज पहिरिँदै उपाधि हुत्याएकी हुन् ।
क्षेत्री बाहुन समुदायमा पहिलोपटक उनी मिस पूर्वाञ्चल घोषित भएकी छिन् । जातिगत आधारमा यसअघिको नतिजा हेर्ने हो भने अनिला क्षेत्री २०१९ मा फस्ट रनरअपसम्म बन्न सफल बनेकी थिइन्।
२०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ, २०१२ मा सुनसरीकी अस्मिता गुरुङ,२०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङबुहाङ, २०१५ मा मोरङकी प्रियङ्का श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु, २०१८ मा झापाकी पूजा श्रेष्ठले उपाधि जितेका थिए ।
उनलाई यसअघिकी विजेता पूजाले क्राउन पहिरिदिएकी थिइन् । उनले उपाधिसँगै २ लाख रूपैयाँ पनि पाइन् । उनले अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति प्राप्त गरेकी छिन् ।
उनले उपाधिसँगै मिस पर्सनालिटीको पनि सवटाइटल जितेकी थिइन् । पथरीको पञ्चायत उमाविबाट प्लस गरेकी सङ्गीत, चित्रकला साथै गायनमा रुचि राख्ने गरेको बताउँछिन् ।
त्यस्तै, एन्जल राई फस्टरनर अप बनिन् भने सिमरन लिम्बू फस्टरनरअप बनिन् । प्रमुख निर्णायक दीप श्रेष्ठले सोधेको भिजिट नेपालसम्बन्धी प्रश्नको सटिक जवाफ दिँदै उनीहरूले उपाधि जितेका हुन् । टप १२, टप ५ हुँदै नतिजा घोषणा गरिएको थियो । रिजुलेमिस पूर्वाञ्चलको उपाधिसँगै हङकङ घुम्ने अवसर प्राप्त गरेकी छिन् ।
प्रतियोगिताको मिस फोटोजेनिक रेश्मा राई, मिस वेष्ट वर्क सुस्मिता बराइली, मिस मल्टीमिडिया एञ्जल राई, मिस इन्टरएक्चुअल सिमरन लिम्बू, मिस पंचुअल स्वेता पोख्रेल, मिस ट्यालेन्ट अनुपमा बस्नेत, मिस वेष्ट कम्प्लेक्सन विपना तामाङ, मिस फोटोजेनिक एन्जल राई घोषित भए । उनीहरूले नगद १५ हजार पनि पाएका थिए ।https://youtu.be/mc5I7LbGpzA