खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चौतारीको पहिलो वार्षिक साधारण सभा सम्पन्न


 संवाददाता   December 21, 2019   640 जनाले पढ़िसके




मोरङको पथरीशनिश्चरे २ मा रहेको चौतारी बहुउद्देश्यीय कृषि समुहको पहिलो वार्षिक साभारण सभा सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश सभा सदस्य सुयर्माराज राईले प्रमुख आथित्यता गरेका थिए ।
उनले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता समुहले गाउँ विकास हुने र आर्थिक पाटो व्यक्तीको र समाजको नै दरिलो हुने बताए । उनले यसै कार्यक्रम मार्फत १० लाख सहयोग गरेको पनि उदघोष गरेका छन् ।
गत वर्ष आठ बिगाहा जमिन भाडाँमा लिएरे सो समुहले गाउँमा नै आर्थिक क्रान्तिको सुरुवात गरेको छ ।
हाल आठ बिगाहा मध्येमा ४ बिगाहामा धान खेती,३ बिगाहामा मकै घासँ खेती र १ बिगाहामा चरनका साथै फाम सञ्चालन गरिएको कृषि समुहका अध्यक्ष रत्न बहादुर बस्नेतले बताएका छन् । उनले पाडापाडी ५० वटा, बाख्रा २९ वटा र लोकल कुखुरा १५० वटा रहेको उल्लेख गरेका छन्। उनले हाल एकवर्षको अवधिमा बाट हाल ४ लाख नाफा बताएका छन् ।