खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रमोद खरेल र मेलिना राईको सांगीतिक धमाका तेह्रथुमको वसन्तपुरमा


 संवाददाता   December 21, 2019   366 जनाले पढ़िसके




नेपालको रमणीय पर्यटकीयस्थल तेह्रथुमको वसन्तपुरमा अवस्थित चोलुङ पार्कमा आयोजना गरिएको चोलुङ चाङ्गवा पर्वमा गायक प्रमोद खरेल र गायिका मेलिना राई आउने भएका छन् ।
पुष ५ गतेदेखि पुष ८ गतेसम्म लालीगुराँस नगरपालिकाको आयोजनामा गर्न लागिएको यस पर्वमा सांगीतिक प्रस्तुति दिन खरेल राईलाई बोलाइएको आयोजकले बताएको छ ।
द भोइस अफ नेपालको जजसमेत रहेका गायक प्रमोद खरेलले पुष ७ गते तथा गायिका मेलिना राईले पुष ८ गते वसन्तपुर स्थित चोलुंग पार्कमा सांगीतिक प्रस्तुति दिने छन् ।
उक्त पर्वको पहिलो दिन अर्थात पुष ५ गते ‘चोलुङ’पार्कमा अवस्थित युमा संग्राहलयको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ्ग (बैरागी काइँला) ले गर्ने लालीगुराँस नगरपालिकाको प्रमुख अर्जुन माबुहाङ्गले जानकारी दिए ।
पर्वमा छेलो हान्ने, हामफाल्ने, धाननाच जस्ता प्रतियोगितापनि आयोजना गरिने उनले बताए ।