खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तरहरा जेसिजको २२ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल


 संवाददाता   December 21, 2019   379 जनाले पढ़िसके




तरहरा जेसिजको २२ औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न २२ औँ अधिवेशनलबाट सुनिल तिम्सिनालाई तरहरा जेसिज बर्ष २०२० का लागि अध्यक्षमा निर्विरोध निर्वा्चित गरिएको हो ।
विकास गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष लगायत अन्य जेसिज सदस्यहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनलबाट अध्यक्षमा तिम्सिना निर्वा्चित भएसँगै कार्यकारिणी उपाध्यक्षमा सन्तोष कटवाल र बहादुर तामाङ, उपाध्यक्षमा विवेक विवश रेग्मी, निशाल खुलाल, प्रेम चौधरी र ओम खड्का निर्वा्चित भएका छन् ।
त्यस्तै, जनसम्पर्क अधिकारीमा रमेश बिक र सचिव पदमा उत्तम विवेक गिरी निर्वा्चित भएका छन् ।
सबै पदमा एक–एक मात्र उमेद्धारी रहेकाले निर्विरोध निर्वाचत भएको निर्वाचन अधिकृत मुकुन्द कुमार कार्कीले जानकारी दिए ।