खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



इटहरीबाट बनभोज हिडेको स्कुल बस भेडेटारमा दुर्घटना, ९ जना विद्यार्थी घाईते


 संवाददाता   December 21, 2019   214 जनाले पढ़िसके




इटहरीको बेबीलोन बोडिङ स्कुलको गाडी दुर्घट्ना हुँदा नौ जना विद्यार्थी घाईते भएका छन् । इटहरीबाट बनभोजको लागि भेडेटार हिडेको बोडिङ स्कुलको बस दुर्घट्नामा परेको हो । गाडी भित्तामा ठोकिएर दुर्घट्ना भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
बेबीलोन बोडिङ स्कुलको को १ क १८६६ नम्बरको स्कुल बसमा विद्याथीहरु बनभोज गएका थिए । दुर्घटनामा परेर विद्यार्थीहरु सोनु तामाङ, रोजिना सापकोटा,विधान लिम्बु,जेनिसा खेवा, सोहन मगर, पंकज मुखिया, निसा चौहान , चालक द्धारिक विष्ट र सहचालक पदम खनाल घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
बनभोज हिडेको बस एक्कासी ब्रेक फेल भए पछि चालकले भित्तामा बस हानेर यात्रु जोगाउन सफल भएको हो । उनीहरुको मुलघाटमा उपचार भईरहेको ट्राफिक प्रहरीले जनाएको छ ।