खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



‘बिच’ भलिबल प्रतियोगिताको तयारी पूरा


 संवाददाता   December 21, 2019   292 जनाले पढ़िसके




भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिभर साइड ‘बिच’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजनामा दोस्रो संस्करणको बिच भलिबल प्रतियोगिता पुस ५ गते शनिबारदेखि ७ सम्म सञ्चालन हुँदैछ । बिच भलिबलको उद्घाटन नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्नेछन् ।
अन्तर्रा्ष्ट्रिय प्रवेशद्वार मेची पुलको तल नदीमा आयोजित हुने प्रतियोगितालाई सन् २०२० पर्यटन वर्षसँग जोड्नुका साथै पूर्वी सीमा नाका मेची नदीमा अवसर र चुनौति, बनाऊ हामी सबै मिली यसलाई साझा सम्पत्ति भन्ने सन्देश दिन लागेको वडाध्यक्ष कार्कीले बताए । गतवर्ष सफतापूर्वक सम्पन्न भएको प्रतियोगितालाई भव्यता दिन सम्पूर्ण तयारी पूरा भइसकेको कार्कीले बताए । नेपाल–भारतबीच सद्भाव र एकता कायम राख्न पनि यसले सन्देश दिने उनको भनाइ छ ।
प्रतियोगितामा नगरभरिका १० वटा वडाले सहभागिता जनाउने भएका छन् । शनिबार उद्घाटनमा चार वटा खेल हुनेछन् । उद्घाटनका दिन वडा १ र ५, वडा ३ र ७, वडा ४ र ८, वडा २ र ६ बीच खेल हुने जनाइएको छ ।
विजेता टिमलाई नगद ३० हजारसहित शिल्ड प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद २० र तृतीय हुने टिमलाई नगद १० हजारसहित शिल्ड प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको लागि वडाको सिलिङबाट १ लाख ७० हजार रकम छुट्याइएको छ । त्यसैगरी सोही अवसरमा अग्रज पत्रकार माधव विद्रोही र गोपाल गिरीलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ