खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सुयर्माको बजेट, सबैलाई समेट ः पुर्वाधार मात्र विकास हैन, दलित, महिला पराई कोही छैन ।


 संवाददाता   December 21, 2019   445 जनाले पढ़िसके




प्रदेश नम्बर १ का सांसद सुयर्माराज राईले क्षेत्र नम्बर ३ “क” का लागि आफनो सांसदकोषको कुल २ करोड ५० लाख बजेट विनियोजन गरेका छन् ।
जसमा पुर्वाधार विकास देखि लिएर समाजका लक्षित वर्गका लागि पनि वजेट विनियोजन गरिएको छ । नेपाली कांगे्रसबाट विजयी उनले आफनो पार्टीको सिद्धान्तलाई मनन गरेर दलित,महिला,युवालाई समेटेर वजेट विनियोजन गरेका छन् उनले आफनो कार्यक्रम विकास निमार्णका साथै युवालाई लगानी गरेको बताए ।
उनले आफनो वजेटबाट सक्दो सबै क्षेत्र गर्नैपर्ने विकासका काम समेटेको समेत जनाए । उनको बजेट बाट पहिलो प्राथमिकतामा पथरीशनिस्चरे १० को शिवालय मन्दिरको बाटो परेका छ जसका लागि कालोपत्रे गर्न ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै दोस्रो ठुलो योजना अन्र्तगत पथरीशनिस्चरे ४ को सहायक बाटोहरु स्तरोन्नति गर्ने भनिएको छ जसमा २० लाख रुपैया रकम छुटयाईएको छ
भने १५ ÷१५ लाखको दरले बेलबारी ८ को सुकुनास्थित सुकुना सिमसार पर्यटन विकास, कानेपोखरी ४ को सूर्योदय आभारभूत विद्यालय पूर्वबाट प्रेमबहादुर कार्कीको घरदेखि दक्षिण त्रिवेणी चौकसम्मको बाटो स्तरोन्नति, पथरीशनिस्चरे १ को सुनाखरी स्कुलबाट भूपू सैनिक स्कुलसम्म जानेबाटोको ड्रेन निर्माण तथा बाटो स्तरोन्नति र पथरीशनिस्चरे २ को पूर्व सुनझोडा खोलादेखि पश्चिम नारायण चौकसम्मको बाटो स्तरोन्नति भनेर छुट्याईएको छ ।
यस्तै कानेपोखरी ५ को धिमालटोल ग्रामथान दक्षिण जीवन चौधरीको घरहुदै चौ बाटो र छकमल टोल हुँदै २ न। वडाको सिमानासम्मको बाटो सडक स्तरोन्नति भनेर १३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी १०÷१० लाखका दरले बेलबारी १० स्थित महाकाल शिवालय धार्मिक पर्यटकीय विकास, बेलबारी १० स्थित विहिवारेदेखि माटिगाउसम्म जाने बाटोको अधुरो एजिङ निर्माण, बेलबारी ८ को राईझार, शान्तिटोल, यज्ञ ढकालको घरहुँदै रणपाल स्कुलसम्मको बाटो स्तरोन्नति, कानेपोखरी ४ स्थित वयरवन बजारस्थित जनता आधारभूत विद्यालयको अधुरो घेराबारा तथा पूर्वाधार निर्माण, कानेपोखरी ५ को घलेटोल, चालीसबिघेहुँदै केरौन सामुदायिक वन उत्तरको मूलबाटोसम्मको सडक स्तरोन्नति, कानेपोखरी ६ को मचिन्द्र दहिझिंगे पैनी, पच्चीसबिघे मुहान संरक्षणका लागि भौतिक संरचना निर्माण, पथरीशनिस्चरे १ को नर्वदेश्वर महादेव मन्दिरको अधुरो सामुदायिक भवन निर्माण, पथरीशनिश्चरे २ को चौतारी बहुउद्देश्यीय कृषि समूहको भौतिक पूर्वाधार निर्माण, पथरीशनिस्चरे ३ को जनता माविदेखि रविचौक जोड्ने सडकसम्मको स्तरोन्नति र पथरीशनिस्चरे ९ को आनन्द लिम्बूको मिल उत्तरबाट पश्चिम धिमाल टोल जाने बाटोमा कल्भर्ट निर्माण भनेर विनियोजन गरिएको छ ।
साथै निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत विभिन्न शिर्षकमा रकम विनियोजन भएको छ । सो कार्यक्रम अन्तर्गत कानेपोखरी ५ भौसाबारीस्थित रमाइलो बहुमुखी क्याम्पसमा आई सि टी कार्यक्रमका लागि रु। १० लाख छुटयाइएको छ ।
यस्तै कानेपोखरी ७ चालीसबिघेस्थित साकेला थानको घेराबारा, कानेपोखरी ५ जहदा डुमरीघाटस्थित सारोन वाप्टिस्ट चर्चको भवन निर्माण, कानेपोखरी ५ को शान्तिचोक, बासबारीस्थित शिवसंसारी मन्दिरको भौतिक निर्माण र पथरीशनिश्चरे ८ स्थित इसाई प्रभुको मण्डलीको भौतिक निर्माणका लागि भनेर एकमुष्ट रुपमा ८।२५ लाख विनियोजन गरिएको छ ।
सोही कार्यक्रम अन्तर्गत पथरीशनिस्चरे नपामा संचालन गर्नेगरी सगरमाथा सामुदायिक विकास केन्द्रलाई महिला , दलित , किशोरीको सशक्तीकरण र अभिमुखिकरणका लागि सामाजिक एवम् जनस्वास्थ्यसम्बन्धि कार्यक्रम संचालनका लागि रु। ६ लाख छुटयाईएको छ ।
कानेपोखरी ७ वरगाछी हरि कोइरालाको घर उत्तरबाट घलेटोलसम्म जोड्ने बाटोको स्तरोन्नति भनेर रु । ५ लाख ५० हजार, कानेपोखरी ६ को दहिधापस्थित शिवालयमा खानेपानी ट्यांकी निर्माण तथा कानेपोखरी ६ रमाइलोस्थित शान्ति चर्चको मर्मत सम्भारका लागि रु। ५ लाख, बेलबारी १० भाउन्नेस्थित डांगिहाट सार्वजनिक सभाहलको स्तरोन्नतिका लागि रु । ५ लाख र कानेपोखरी ५ स्थित साफिलाल टोलस्थित श्री राजशक्ती महाराज ग्रामथानको पर्खाल र कानेपोखरी ५, बहत्तरस्थित अधुरो शिवमन्दिर निर्माणका लागि रु। ५ लाख रकम छुटयाईएको छ ।
त्यसैगरी हाम्रो युवा समाज किर्तीपुरलाई महिला तथा किशोरी स्वास्थ्य एवम् सामाजिक जनचेतना तथा सशक्तीकरण कार्यक्रम संचालनका लागि रु । २ लाख, पथरीशनिस्चरे ३ सेवारोचोकस्थित दलित महिला उत्थान समाजलाई दलित महिला उत्थान एवम् सशक्तीकरण कार्यक्रम संचालनका लागि रु। १ लाख र पथरीशनिस्चरे १ मा रहेका रेडियो रिदममा उद्धघोषण तालिमका लागि भनेर रु ।१ लाख बराबरको रकम छुटयाईएको छ ।