खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेवि संघ झापाद्धारा लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक


 संवाददाता   December 20, 2019   319 जनाले पढ़िसके




झापाको विर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रसहितको नेपालको नक्सा सार्वजनिक गरिएको छ ।
नेपाल विद्यार्थी संघ झापाद्धारा आयोजित विरोध ¥याली तथा कोणसभाकाबीच लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गरिएको हो ।
नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्धनराज काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न विरोध ¥यालीमा भारतीय विस्तारवाद र सीमा सुरक्षामा नेपाल सरकारले देखाएको उदासिनताको विरोध गर्दै प्रदर्शन गरिएको हो ।
आफ्नो स्वास्थ्य खराब भएपनि देशको स्वास्थ्य नविगार्न प्रधानमन्त्री के.पी. ओलीलाई सुझाव दिँदै संघका निवर्तमान महामन्त्री काफ्लेले राष्ट्रिय अखण्डताका लागि विद्यार्थीको आवाज कमजोर नभएकाले सीमा सुरक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उद्घोष गरे
ने.वि.संघ झापाका सभापति राजेन्द्र उप्रेतीले निर्वाचन अगाडि राष्ट्रियताका पक्षमा वर्तमान प्रधानमन्त्री के.पी. ओलीसहित कम्युनिष्ट नेताले दिएको अभिव्क्ति र अहिले सीमा मिचिदा देखाएको लाचारीपनले उनीहरुको चरित्र उदाङ्गो भएको बताउँदै कम्युनिष्टहरु ढाँटेर राजनीति गर्न माहिर रहेको दाबी गरे ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चित्र कागजमा तयार पार्दै झापाको विर्तामोडका निजी तथा सामुदायिक कलेजमा अध्ययनरत कक्षा–११ र १२ का हजारौं विद्यार्थीहरुले हाम्रो माटो हाम्रो देश–प्राणभन्दा प्यारो छ, भारतीय विस्तारबाद–मुर्दावाद, मोदी सरकार–मुर्दाबाद, भारतीय हस्तक्षेप– बन्द गर, लिपुलेक कालापानी लिम्पियाधुरा–हाम्रो हो, केपीओली नेतृत्वको सरकार–मुर्दाबाद लगायतका नारासहित हनुमान कम्प्लेक्स अगाडिबाट निकालेको ¥यालीलाई विर्तामोड बजार परिक्रमापछि हनुमान कम्प्लेक्समै गएर कोणसभामा परिणत गरिएको थियो ।